श्रीमानविरुद्ध श्रीमतीको जबरजस्ती करणी मुद्दा दर्ता

कञ्चनपुर, १२ कात्तिक / कञ्चनपुरकी एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेकी छन् । भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान् डम्बर जोशीविरुद्ध मुद्दा दिएकी हुन् ।

मञ्जुले श्रीमानले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै सोमबार करणी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले डेढ वर्षअघि भागी विवाह गरेका थिए । गर्भवती भएकी मञ्जुले महाकाली अञ्चल अस्पतालमा एक हप्ताअघि गर्भपतन गराएको प्रहरीले जनाएको छ ।

कञ्चनपुर प्रहरीले डम्बरलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान गर्न आदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...