सरकारको निर्णय सार्वजनिक विदा कटौती, कति घट्यो विदा

काठमाडौं, १४ चैत /सरकारले २०७५ सालमा हुने सार्वजनिक विदा कटौती गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विदा कटौतीको निर्णय गरेको हो । निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालयमा हुने १ सय ४ दिनको विदा घटेर ८९ दिन विदा हुनेछ ।

सरकारले २२ दिनको विदा कटौती गरेको हो । २०७५ सालमा सार्वजनिक विदा ८९ दिन विदामा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिन थप हुने छ ।

.यो वर्ष पुरै विदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा विदा पूर्ण रुपमा कटौती भएको छ ।

कमेन्टहरु
Loading...