सरकारको सय दिन : चुनावको मिति घोषणामै सीमित

९ असार, काठमाडौं । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकारले आफ्नो सय दिन पूरा गरेको छ । सामान्यतया संसदीय प्रक्रियामा यो अवधिलाई सरकारको हनिमून समय मानिने भए पनि संक्रमणकालमा बनेको सरकारको हरेक दिनलाई महत्वपूर्ण मानिन्छ ।

madhav-paudel

सरकारले आइतबार पत्रकार सम्मेलन गरेर १० दिनमा गरेका गतिविधि र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को कार्यक्रयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले चुनावको मिति घोषणा, निर्वाचन क्षेत्र पुनःसंरचना आयोग गठन, राजनीतिक दलहरुसँग छलफल, ऐन कानून निर्माणदेखि विभिन्न रोगविरुद्ध सञ्चालन गरिएको कामलाई सरकारको उपलब्धीका रुपमा बेलिबिस्तार लगाउनु भयो ।

साथै उहाँले सय दिनको काम पनि सरकार स्वयंम सन्तुष्ट नरहेको बताउनुभयो । उहाँले भन्नुभयो-’सय दिनमा केही महत्वपूर्ण काम भएका छन् । तर, यसमा आफैं सन्तुष्ट छैनौं । धेरै गर्ने ठाउँ थियो । तर, संवैधानिक, कानूनी लगायतका सीमाका कारण हुनु पर्ने जति हुन सकेन ।’

सरकारले गरेका महत्वपूर्ण काम

– चैत २२ र वैशाख २७ गते विभिन्न राजनीतिक दलसँग वार्ता

– संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पुनःसंरचना आयोग गठन

– मतदाता नामावली, निर्वाचन आयोग, संविधानसभा सदस्य निर्वाचन ऐन लगायतका निर्वाचन सम्वन्धी अध्योदश जारी

– निजामती र स्वास्थ्य सेवा ऐन जारी, यसले सुशासनलाई मदत गर्ने सरकारको दावी

– सुदूर तथा मध्यपश्चिममा आएको बाढी पहिरो पीडितलाई राहत वितरण, दार्चुला सदरमुकाम पुनर्निमाणका लागि ५० करोड दिने घोषणा, दैवी प्रकोप उद्दार कोषको बजेट ५ करोडबाट १० करोड पुर्‍याउने निर्णय

– नदी कटान तथा तटवन्ध निर्माण, राहत व्यवस्थापन लगायतका विषयमा विभिन्न मन्त्रालयलाई दिएको निर्देशन

– अख्तियार, लोकसेवासहितका संवैधानिक निकायमा भएको नियुक्ति

– सरकार गठन र चुनावको मिति घोषणा प्रक्रियासँग असन्तुष्ट दलहरुसँगको वार्ता, जसमा केही माग पूरा भएको, केही प्रक्रियामा रहेको र केही पूरा हुँदै जाने सरकारको भनाई

– चुनावको वातावरण बनाउन विभिन्न समयमा भएको आहृवान

– ठूलो चुनौतीका रुपमा रहेको सम्पत्ति सुद्धीकरणसम्वन्धी ऐन पारित गरेर नेपाललाई अन्तराष्ट्रिय रुपमा कालोसूचीमा पर्नबाट जोगाएको

– चैत २७ गते पूर्ण आकारको बजेट ल्याएको

– निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेकेा

– अकुपाई बालुवाटार, मुक्ति कमलरी, सद्भावना पार्टी लगायतका दलसँगकेा वार्ता र सहमति ।

– मालपोतसहितका ५ बटा जनतासँग प्रत्यक्षसम्वन्ध राख्ने कार्यालयमा नागरिक बडापत्र राख्ने ।

– हेलो सरकारमा आएका गुनासो सम्बोधन ।

– सडक विस्तार, लगानी मैत्री वातावरण निर्माण र राजश्व असुली २ सय ५० अर्बभन्दा बढी ।

– दुई रंगको सिलिण्डर कार्यान्वयनको तयारी, बायु सेवा निगमलाई २ बटा जहाज खरिद गर्ने निर्णय ।

– विभिन्न रोगको खोप वितरण ।

सरकारले यस्तै आफ्ना काम कारवाहीलाई समावेश गरेर किताव तयार पारेको छ । ९५ पृष्ठको किताब आइतबार रातभर छापेर सोमबार सबै मन्त्रालयमा पुर्‍याइने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/85444/#sthash.qQNdFN02.dpuf

कमेन्टहरु
Loading...