पोखरामा नयाँ स्पा खुल्यो

पोखरा, २५ मंसिर/राजधानी लगायत मुलुकका विभिन्न सहरहरुमा स्पा खुल्ने क्रम जारी छ । यसैक्रममा पर्यटकीय नगरी पोखरामा सोमबारदेखि एउटा नयाँ स्पा संचालनमा आएको छ । हल्लनचोकस्थित यिङ याङ स्पाको एक समारोहबीच पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलले उद्घाटन गरे । यिङ याङ स्पासहित पोखरामा स्पाहरुको संख्या एक दर्जन पुगेको छ । पोखरामा पहिलोपटक पाँचतारे फुलबारी रिसोर्टमा स्पा अवतार सुरु भएको हो ।

आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गरी संचालित यिङ याङ स्पा निर्माणमा हालसम्म १४ लाख रुपैयाँ खर्च भैसकेको संचालक रुविन महर्जनले बताए । उनले स्पा संचालनसँगै बाँकी संरचनाहरुसमेत थप्दै जाने हुँदा खर्च बढ्ने बताए । महर्जनका अनुसार अझै स्टिम र साउना बाथ पनि संचालन गर्ने योजना छ । यिङ याङ स्पासँगै यहाँ महिला पुरुष दुबैका लागि ब्यूटीपार्लर पनि छिट्टै नै संचालन
हुँदैछ ।

यहाँ तेलबाट गरिने उपचार विधि प्रमुख विशेषता रहेको छ । यस उपचार विधिका लागि स्वदेशी र विदेशी दुबै ग्राहकको लागि मूल्य एकै तोकिएको छ । न्यूनतम १५ सय देखि अधिकतम २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने संचालक महर्जन बताउँछन् । बिहानीको समयमा दिनभरीको स्फूर्तीको लागि होस् वा दिनभरीको थकाई पछि साँझको समयमा लिइने स्पा सर्वसाधारणको लागि पनि आकर्षणको केन्द्र बन्दै
आएको छ ।

कमेन्टहरु
Loading...