सानोबाबु अब अफ्रिका तीर

पोखरा, २२ भाद्र/ सगरमाथाबाट समुन्द्री सतहसम्म प्याराग्लाईडिङमा उडेर किर्तिमानी राखेका पोखरेली प्याराग्लाइडिङ पाईलट सानोबाबु सुनुवार अफ्रिका महादेशकै सबैभन्दा अग्लो हिमाल किलिमान्जारोबाट पनि प्याराग्लाईडिङ गर्नका लागि छनौट भएका छन् । अफ्रिका महादेशको तान्जानियामा अवस्थित ५ हजार ८ सय ९५ मिटर अग्लो चुचुरोबाट प्याराग्लाईडिङमार्फत समुन्द्री सतहसम्म उडान गर्न विश्वव्यापी रुपमा उनी छनौट भएका हुन् ।

प्रतिश्पर्धाका लागि प्याराग्लाईडिङका विश्वभरका हजारौ साहसिक पाईलटले आवेदन दिएकोमध्ये छनौट भएका करिब २ सय जनाले प्रतियोगितामा भाग लिन पाउने सुनुवारले बताए ।
आगामी फेब्रुअरि ६ देखि ८ तारिखसम्म हुने साहसिक उडानमा भाग लिन उनी आगामी जनवरी १४ मा त्यहाँ जानेछन् । विङग अफ किलिमान्जारो एक्सपिडिसनको आयोजना उक्त चुचुरोमा पहिलोपटक हुन लागेको यो स्पर्धाका लागि सुनुवारले तीनमहिना अघि पोखराबाटै अनलाईन फारम भरेका थिए । तान्जानियाले उक्त चुचुरोबाट साहसिक प्याराग्लाईडिङ उडान गर्न पहिलोपटक स्विकृति दिएको उनले बताए ।

यसअघि नेशनल ज्योग्राफिक च्यानलले सुनुवार सहित लाक्पा छिरी शेर्पालाई २०१२ को ‘वर्षका साहसिक व्यक्ति’ (द्दण्ज्ञद्द एभयउभिुक ऋजयष्अभ ब्मखभलतगचभचक या तजभ थ्भबच० को उपाधि दिएको थियो । सुनुवार र शेर्पाले एक वर्षअघि सगरमाथाको चुचुरोबाट प्याराग्लाईडिङमा उडेर समुन्द्री सतह सम्म पुगेका थिए ।

सुनुवार पोखराको ब्लुस्काई प्याराग्लाईडिङ कम्पनिमा सातवर्षदेखि आवद्ध टेण्डम (दुईजना उड्ने) पाईलट हुन् । अफ्रिकाको उक्त चुचुरोबाट पनि उनले टेण्डम फ्लाईट नै गर्ने बताए ।

सुनुवार विश्वमै साहसिक मानिएको रेडबुल एक्स आल्पस ह्(ब्ीएक् को छनौट चरणका प्रतिश्पर्धि पाईलट समेत हुन् । प्याराग्लाईडिङमा उडेर, दौडेर र हिडेर गरिने स्पर्धाको २०१३ को संस्करणका लागि उनले विश्वभरका हजारौं साहसिक पाईलटबिच छनौट चरणमा परेका थिए । छनौट चरणमा सफल भएमा उनले २०१३ को जुनमा हुने प्रतियोगिताको फाईनलमा प्रतिश्पर्धा समेत गर्न पाउनेछन् । यूरोपका विभिन्न देशका सबैभन्दा अग्ला डाँडा, झाँडी, नदीनाला पार गर्दै गरिने यो प्रतिश्पर्धा निकै जोखिम र चुनौतीपूर्ण मानिन्छ ।

भिडीयो रिपोर्ट http://www.youtube.com/watch?v=hhlLeHqnw8g&feature=youtu.

कमेन्टहरु
Loading...