विश्व संगीत दिवस

पोखरा, ७ असार/विश्व संगीत दीवशको अवसरमा आज पोखरा उद्योग वाणिज्य संघमा श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएका छन् । जीवनलाई संगित मय बनाऔँ, विश्व संगीत दिवस—२०७० भव्य रुपमा मनाऔँ भन्ने मुलनाराका साथ त्रिवेणी संगीतालयको अगुवाईमा पोखरामा रहेका कला, साहित्य र संगीतको क्षेत्रमा काम गरिरहेका १३ वटा संस्थाहरु मिलेर कार्यक्रम आयोजना गरिएको संयोजक नवराज वरालले जानकारी दिए ।

विश्व संगीत दीवसको अवसरमा पोखरामा विशेष कार्यक्रमको आयोजना गरेको थियो । समारोहमा कला, साहित्य र संगीतको क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई सम्मानका साथमा सांगीतिक प्रस्तुति रहेको थियो । कला क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै पदमराज ढकाल र विनित जोजुजीलाई सम्मान गरेको थियो ।

कमेन्टहरु
Loading...