संगम र पृथ्वीनारायण लायन्स क्लबको संयुक्त पदस्थापन

पोखरा, २६ भदौँ/लायनस क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पृथ्वीनारायण क्यामपुसले वर्ष २०१३÷१४ को नयाँ सदस्यहरुलाई संयुक्त रुपमा सदस्थापन गराएको छ । लायन्स क्लब अफ संगमका अध्यक्ष दिपकराज सिग्देल र लायन्स क्लब अफ पृथ्वीनारायण क्यामपुसका अध्यक्ष किशन सुनार सहित नयाँ सदस्यहरुलाई पदस्थापन गरिएको हो । कार्यक्रममा डिष्ट्रिक गर्भनर युद्धप्रसाद श्रेष्ठले नयाँ प्रवेशी सदस्यहरुलाई सपथ ग्रहण सहित पदस्थापन गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मल्टिपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठले लायन्स क्लब अफ पृथ्वीनारायण क्यामपुसले निकै उदारणिय कार्य गर्दै आएको बताउँदै क्लबले नयाँ प्रवेशी युवा पुस्ताहरुलाई सामाजिक कार्यमा अभिप्रेरित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । डिष्ट्रिक गर्भनर युद्धप्रसाद श्रेष्ठले लायन्स क्लब सामाजिक संस्था भएको बताउँदै धनको धनिहरुको नभएर मनको धनिहरु मात्र लायन्समा सहभागीता सक्ने बताउँनुभयो ।

कार्यक्रममा लायनस क्लब अफ पोखरा संगम वर्ष २०१३÷१४ का अध्यक्ष दिपकराज सिग्देल, लायन्स क्लब अफ पृथ्वीनारायण क्यामपुस वर्ष २०१३÷१४ का अध्यक्ष किशन सुनार, लायनस क्लब अफ पोखरा संगमका निवर्तमान अध्यक्ष सरिता पुरी, लायन्स मनकुमार श्रेष्ठ, लायन्स टिकाराम सापकोटा, पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछाने लगायतले बोल्नुभएको थियो ।

सोही अवसरमा मल्टिपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठले नव गठित लायन्स कलब अफ पोखरा डाउनटाउन र लायन्स क्लब अफ पोखरा लेकसाइडको ब्यानर खोलेर शुभारम्भ गर्नुभएको थियो । नव गठित क्लबका चार्टर प्रसिडेन्टहरु प्रमोद लामिछाने र सोमबहादुर थापलाई पनि डिष्ट्रिक गर्भनर युद्धप्रसाद श्रेष्ठलले पदस्थापन गराउनुभएको थियो । लायनस क्लब अफ पोखरा संगमका अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लायन्स किशन सुनार, लायन्स सिता श्रेष्ठले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...