स्याङजामा उपप्रधानमन्त्री गोपालमान र पद्माको अन्तर १८१९

स्याङजा, २५ मंसिर /स्याङजामा आइतबार साझँबाट मतगणना सुरु भएको छ । स्याङजाको क्षेत्र नम्बर दुईमा उपप्रधानमन्त्री तथा नेपाली काग्रेसका उमेद्वार गोपालमान श्रेष्ठ र एमालेकी पद्मा कुमारी अर्याल चुनावी मैदानमा छन् ।

मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेकी पद्मा कुमारी अर्यालले ५ हजार ७ सय ५ र गोपालमान श्रेष्ठले ३ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् । यी दुई विच १८१९ मतको फरक छ ।

त्यसै गरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका नारायण प्रसाद मरासिनीले ४ हजार ५ सय ३३ र नेपाली काग्रेसका राजु थापाले ३ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

कमेन्टहरु
Loading...