सिन्धुपाल्चोक बाढी र पहिरो दुईको मृत्यु, १४ बेपत्ता

काठमाडौं, २५ असार / सिन्धुपाल्चोकको बाह्रविसे बाढी र पहिरो जादाँ दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

बाह्विसे जम्बु बजारमा आएको बाढी रमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ ।

उनीहरुलाई हेलिकोप्टरमार्फत जिल्लातर्फ ल्याउने प्रयास भइरहेको प्रहरीको भनाई छ । घटनामा अझै १४ जना बेपत्ता छन् ।

उनीहरुको खोजीका लागि काठमाडौबाट हेलिकप्टर जाने प्रयास गरेपछि मौसमले साथ दिएका छैन ।

कमेन्टहरु
Loading...