सार्कस्तरीय स्किल फेष्टमा पोखराका ई.सन्दीप गुरुङ प्रथम

पोखरा, ६ मंसिर/सार्कस्तरीय स्किल फेष्टमा पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम हुनुभएको छ । टाटा मोटर्स अन्र्तगत ईञ्जिनियरहरुको भारतको उत्तराखण्ड पञ्चनगरमा गत नोभेम्वर १५ तारेख सम्पन्न स्किल फेष्ट ग्लोबल सर्भिस एडभाईजर च्याम्पियनशीप २०१६ मा विजेता बन्दै पोखरा बुद्धचोकस्थित सिप्रदी ट्रेडिङ्ग प्रालिका मेनेजर ई.सन्दीप गुरुङ प्रथम हुदै एक हजार डलरसहित पुरस्कृत हुनुभएको हो ।

सार्कका देशहरुमा रहेका टाटा मोटर्सका डिलरहरुमा कार्यरत क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय भएका ५१ जना इञ्जिनियरहरुलाई पछि पार्दै मलेशियाको राजधानी क्वालालम्पुर डिसेम्बरको १६ तारेखमा हुने ग्लोबल फेष्टमा प्रतिष्पर्धा गर्नुहुने भएको छ ।

कास्की पुम्दी भुम्दी गाँउ भई हाल पोखरा उपमहानगरपालिका वडा नं. ७ एयरपोर्ट अन्नपुर्णटोल निवासी बाबा लछिमान गुरुङ र आमा दुर्गाकुमारी गुरुङको ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसबाट ५ वर्ष अघि मेकानिकल इञ्जिनिरिङ्गमा बीई गर्नुभएको गुरुङले पश्चिमाञ्चल क्षेत्रीय फेष्टमा प्रथम हुदै १० हजार रुपैया, राष्ट्रिय प्रतियोगितामा द्धितिय हुदै २० हजार रुपैयाबाट पुस्कृत हुदै सार्क फेष्टमा प्रतिनिधित्व गर्नुभएको थियो ।

३५ देशमा रहेका टाटा मोटर्सको डिलरमा कार्यरत क्षेत्रदेशीयबाट उत्कृष्ट २५ इञ्जिनियरहरुसँग ग्लोबल फेष्टमा लिखित, प्राक्टिकल सहित अन्र्तवार्ता परिक्षामा प्रतिष्पर्धा गर्नुपर्ने ईञ्जिनियर सन्दीप गुरुङले जानकारी दिनुभयो । गतवर्षदेखि कम्पनीले फेष्ट शुरुवात गर्दा नै आफु नेपालबाट छनौट हुदै श्रीलंकामा भएको फेष्टमा सहभागीता जनाएको उहाँले बताउनुभयो । कार्यप्रति लगनशीलता, अध्ययन र नयाँ प्रविधीको खोजीकै कारण सफलता हासिल गर्दै स्किल फेष्टको चौथो लेभलमा प्रतिष्पर्धा गर्ने अवसर पाएको ई.गुरुङले बताउनुभयो ।

कमेन्टहरु
Loading...