सनतकुमार श्रेष्ठले बनाए एक करोड ५१ लाखमा विद्यालय भवन

सागर राज तिमिल्सिना
पोखरा, ३० फागुन/शनिबारका दिन थियो । लेखनाथ–८ आँपडाँडास्थित नवज्योती सनत दुर्गा निम्न माध्यामिक विद्यालयका विद्यार्थी विद्यालय पोसाकमा नै चट्क सजिएर आएका थिए । उनिहरु पढ्दै आएको विद्यालयका नयाँ भवनको उद्घाटन समारोहमा आउने पाहुनाहरुलाई स्वागतका लागि फुलका गुच्छा लिएर स्वागतका लागि बसेका थिए । विद्यालय पोखराका व्यवसायी सनतकुमार श्रेष्ठले निमार्ण गरि शनिबार हस्तान्त्ररण गरेको थिए । उनले एक करोड ५० लाखको व्यक्तिगत लागतमा भवन निमार्ण गरेका हुन् ।

सनतकुमार श्रेष्ठले बनाए एक करोड ५१ लाखमा विद्यालय भवन
सनतकुमार श्रेष्ठले बनाए एक करोड ५१ लाखमा विद्यालय भवन

आफुले सानो छँदा पढ्न नपाएको पीडा बिर्साउन श्रेष्ठले विद्यालय भवन बनाएका हुन् । ‘आफुले पढ्ने बेलामा पढ्ने पाएन,’ उनले भने, ‘आफुले जस्तै कसैले पनि पढ्नबाट बचित नहुन्, त्यही उद्देश्यले निमार्ण गरेका हौ ।’ ग्रामिण भेगका बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयको भवन जिर्ण पढ्दै गएको देखेपछि आफुले पढ्दाको सम्झेर पक्किभवन बनाएको श्रेष्ठले बताए । श्रेष्ठको लगानीमा विद्यालयको १२ कोठे भवन निर्माण भएको छ ।

लम्जुङको बाँहुनडाँडामा जन्मेका श्रेष्ठको परिवार कपडा व्यापार गर्ने उद्देश्यले २०२८ सालमा तनहुँको डुम्रेमा बसाई सरेको थियो । दश कक्षामा अध्ययरत छँदा २०३८ सालमा डु्रमे्रस्थित श्रेष्ठको घर पहिरोमा परेको थियो । पहिरोमा पुरिएर श्रेष्ठका बुबा, आमा, दुई बहिनी र एक भाई गरि ५ जनाको एकैपटक ज्यान गएको थियो । संयोगले उनी मात्र बाँचेका थिए । ‘सानैमा म टुहुरो भए, अनि राम्रोसँग पढ्न पाईन, त्यहि पीडा बिर्साउन अहिले विद्यालय भवन बनाएको हँु’ उनले भने, ‘थुप्रै बालबालिकाले पढ्ने विद्यालय भवन बनाईदिने चाहना थियो, त्यो अहिले आएर पुरा भयो ।’ डुम्रेमा छँदा करिब ८ किलोमिटर दुरीको बन्दीपुरस्थित विद्यालयमा पढ्न जानुपर्ने आफ्नो दुख रहेको उनले सुनाए ।

सनतकुमार श्रेष्ठले बनाए एक करोड ५१ लाखमा विद्यालय भवन
सनतकुमार श्रेष्ठले बनाए एक करोड ५१ लाखमा विद्यालय भवन

‘सानैमा टुहुरो भएपछि पढाई पनि बिचमै रोकियो, दश कक्षाभन्दा माथि पढ्न पाईन’ उनले भने । परिवारकै मृत्युपछि एक्लिएका उनलाई आफन्तले ल्याएर पोखरामा राखेका थिए । आफन्तकै सहयोगमा व्यापार सुरु गरेका उनको कपडा सहित अहिले जग्गा कारोबार, होटल र बस सेवा गर्छन् । विद्यालय भवन जिर्ण भएको देखेपछि आफुलाई सहयोगको ईच्छा जागेको उनले बताए । ‘पानी चुहिएर भवन जिर्ण भईसकेको थियो, मेरो चाहना पनि यस्तै विद्यालयलाई सघाउने थियो,’ श्रेष्ठले भने, ‘त्यहि चाहना अनुसार बनाएको हुँ, पैसा नपुगे बेला बेलामा तर कठिन भयो तर पनि अहिले भवन सकिएर ताला चाबी बुझाउन पाउदा खुसि छु ।’

पहिला प्रावि रहेका विद्यालय श्रेष्ठ कै सहयोग पाएपछि निम्न माध्यामिक विद्यालय भएको थियो । २०४७ सालमा जनसहभागिताबाट बनेको भवन जिर्ण बन्दै गएको थियो । ‘विद्यालयको टिनका छाना चुहेर विद्यार्थी बर्षा याममा पढ्न नसकने अवस्था थियो,’ विद्यालयका प्रधानध्यपक लिलामणि त्रिपाठीले भने, ‘दाता खोज्ने क्रममा श्रेष्ठले रुची देखाए पछि भवन निमार्ण सुरु भयो ।’ उनले जिल्ला शिक्षा कार्यालयको मापदण्ड अनुसार भूकम्प प्रतिरोधात्मक भवन बनाएको बताए ।
विद्यालयमा हाल १ सय ५० जना विद्यार्थीले अध्ययनरत छन् । विद्यालयमा सरकारी कोटाबाट ८ र ४ जना निजी गरेर १२ जना शिक्षक, शिक्षिकाले अध्यापन गराउदै आएका छन् ।

शनिबार शिक्षा सचिब विश्वप्रकास पण्डितले विद्यालय भवनको उद्घाटन गरे । उनले शिक्षामा राज्यले लगानी बढ्न नसकेको बताए । ‘गुणस्तरीय शिक्षा विकासको मुल आधार हो,’ पण्डितले भने, ‘सामुदायीक विद्यालयमा सरकारले लगानी बढाउनु पनुपर्छ ।’ उनले श्रेष्ठ जस्ता दानविर शिक्षा क्षेत्रमा आवश्यक रहेको बताए । कार्यक्रमा पण्डितले सनतकुमार श्रेष्ठ, दुर्गा श्रेष्ठ र उनलका परिवारलाई सम्मान गरेका थिए । कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता त्रिपाठीको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...