नचलाई थोत्रिए संसद्का गाडी

१० जेठ, काठमाण्डौं । संविधानसभा विघठन भएको एक वर्षसम्म पनि निर्वाचन हुन नसकेपछि संसद्मा थन्क्याइएका सयौं सवारीसाधन थोत्रिन थालेका छन् । उचित मर्मतसम्भारको अभावमा ती गाडीहरू बिग्रनसमेत थालेका छन् । संसद् सचिवालयका एक कर्मचारीका अनुसार सातामा दुई दिन अनिवार्य गुडाउनुपर्ने गाडीहरू वर्षदिनसम्म पनि प्रयोगविहीन अवस्थामा थन्क्याउनु परेपछि इन्जिन निस्क्रिय भई बिग्रने अवस्थामा पुगेका हुन् । जसबाट राज्यलाई करिब १ अर्ब बराबरको क्षति हुने देखिएको छ ।

BIccमंसिरमा निर्वाचन भई नयाँ सदस्यहरू आएको भए थन्किएका सवारीसाधन प्रयोग गर्दा कुनै समस्या आउने थिएन । मंसिरसम्ममा गाडी चलाउन पाएको भए कुनै समस्या नआउने संसद् सचिवालयका प्राविधिकहरूको भनाइ छ ।

१४ जेठ २०६९ को मध्यराति अकस्मात संविधानसभाको विघठन गरेका तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ७ मंसिरमा पुनः संविधानसभाको निर्वाचन घोषणा गरेका थिए । नयाँ संविधानसभाको निर्वाचनको अन्योलले थन्किएका सवारीसाधनहरूको प्रयोग गर्ने अवस्थालाई लम्ब्याएको छ । जसले अर्को निर्वाचनपछि आउने पदाधिकारीका लागि यी सवारीसाधन प्रयोग गर्न योग्य हुने अवस्था देखिएको छैन । अहिले १ सय २ सवारीसाधन संसद् सचिवालय र संविधानसभा भवन बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा थन्किएको राजधानी दैनिकमा खबर छ ।

संसद् सचिवालयले सभामुख, उपसभामुख, विपक्षी दलका नेता, प्रमुख सचेतक, समितिका सभापति, राजनीतिक दलका एकजना प्रतिनिधिलाई सवारीसाधन उपलब्ध गराएको थियो । संविधानसभा गठनपछि उपलब्ध गराइएका ती सवारीसाधनहरू संविधानसभाको अवसानपछि संसद् सचिवालयले फिर्ता लिई थन्क्याएर राखेको छ । कुल १ सय १२ सवारीसाधनमा १० ओटा गाडी लिलाम गरिएको छ भने दुईओटा बस निर्वाचन आयोगलाई निर्वाचन प्रयोजनका लागि गत ३ वैशाखमा उपलब्ध गराइएको छ ।

तीमध्ये ८० ओटा सवारीसाधन प्रयोग गर्न सकिने अवस्थाका छन् । बाँकी २२ ओटा सवारीसाधन केही मर्मत गर्नुपर्ने अवस्थामा पुगेको सचिवालयले जनाएको छ । संविधानसभा नभएको अवस्थामा ती सवारीसाधनको प्रयोग हुने अवस्था नभएपछि के गर्ने भन्ने निर्णय गर्न सचिवालयलाई अप्ठ्यारो छ । cp. onlinekhabar

कमेन्टहरु
Loading...