सांसदले देखाएपछि सनसनी

आफ्नो टाटु देखाउने बहानामा गुप्तांग समेत देखिएको तस्वीर सामाजिक संजालमा अपलोड गरेपछि स्विडेनका एक सांसदलाई लाजमर्नु त भयो नै विपक्षी दल तथा देशका विदेश मन्त्रीले समेत उनको यो कमजोरीलाई राजनीतिक हमलाको अस्त्र बनाए ।
1
स्विडेनको एक वामपन्थी दलका नेता समेत रहेका लार्स ओहलीले इंगलिस क्लब लिभरपुलको लोगोयुक्त टाटु आफ्नो सरीरमा खोपेका रहेछन् । सोही टाटु आफ्नो फलोअर्सलाई देखाउन भन्दै उनले आफ्नो कम्मर मुनिको भागको तस्वीर खिचेर सामाजिक संजाल इन्स्ट्राग्राममा अपलोड गरेका थिए । तर विचरा उनलाई आफुले पाइन्ट तर सारेर तस्वीर खिच्दा पृष्ठभूमिमा आफ्नो गुप्तांगको केही भाग पनि देखिएको पत्तो भएन ।
सो कुराको खुलासा भएपछि उनले तत्कालै इन्टरनेटबाट सो तस्वीर हटाए । तर उनको तस्वीर देखिसकेका मानिसहरुले भने उनलाई खुब खिसिट्युरी गरे । गुप्तांग देखाएको तस्वीर इन्टरनेटमा हाल्ने सांसदको खोइरो खन्नेमा स्विडेनका विदेशमन्त्री तथा इतर पार्टीका नेताहरु समेत छन् । विदेश मन्त्री कार्ल बिल्डटले भनेका छन्, ‘बधाइ छ महोदय, आखिर यत्रा वर्षपछि बल्ल तपाइँले खासमा एक महत्वपूर्ण सार्वजनिक उपलब्धी हासिल गर्नुभयो ।’
विचरा पछि चेत पाएका ती सांसदले दुख मनाउ गर्दै अब इन्टरनेट साइटमा तस्वीर अपलोड गर्दा निकै होस पूराउने बताएका छन् । cp onlinekhabar.com

कमेन्टहरु
Loading...