सामाजिक सञ्जाल दर्ता नगरे बन्द गर्ने -मन्त्री बाँस्कोटा

काठमाडौं, ४ चैत /सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने फेरी दोहोराएका छन् ।

उनले नेपालमा सामाजिक सञ्जालले नेपाली कानुनअनुसार कम्पनी दर्ता गर्नु पर्ने गरेमा बन्द गर्ने बताए ।

मन्त्रालयले संसदमा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा छलफलका लागि आयोजित कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले नेपालमा सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताए ।

उनले नेपालका उपभोक्ताले तिरेको मूल्यको केही न केही लाभ नेपाल सरकारले पाउनु पर्ने बताए ।
विधेयकमा भएका प्रावधानले सामाजिक सञ्जालमा अंकुश लगाउने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै सरकारको आलोचना हुदै आएको छ ।

कमेन्टहरु
Loading...