सिमारा गोल्डकपको फाइनलमा मनाङ

पोखरा, २ फागुन/मनाङ मस्याङदी क्बल बारामा जारी म्यासिक मोमेन्ट्स चौथो सिमरा गोल्डकपको फाइनमा प्रवेश गरेको छ । मनाङ मस्याङदीले लिगको तेस्रो स्थानमा रहेको मछिन्द्र क्लबलाई १–० ले हराउदै फाइनमा प्रबेश गरेको हो ।

मनाङलाई जित दिलाउन खेलको ३१ औ मिनेटमा सुजल श्रेष्ठले एक गोल गरेका थिए । सुजले निराजन मल्लले कर्नरबाट हानेको बललाई हेडबाट सदुपयोग गर्दै गोल गरेका थिए । मनाङले हिमालयन र संकटा क्लब विचको विजेता सगँ फाइनलमा खेल्ने छ ।

कमेन्टहरु
Loading...