निर्माण ब्यवसायी कास्कीले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान

पोखरा, ७ माघ/पूर्वसभासद एवं अग्रज निर्माण ब्यवसायी सूर्यबहादुर केसीले नेपालका निर्माण ब्यवसायीहरु अन्तर्राष्टिय क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्षम रहेको बताएका छन् । नेपाल निर्माण ब्यवसायी संघ कास्कीको रजत महोत्सवको अवसरमा आज पोखरामा आयोजित सम्मान समारोहमा उनले नेपालका निर्माण  ब्यवसायीलाई सिलिङ्ग तोकेर काममा बन्देज लगाउने मात्र नभै अन्तर्राष्टियस्तरको प्रतिष्पर्धी बनाउन सरकारले उचित अवसर दिनुपर्नेमा जोड दिए ।निर्माण ब्यवसायीहरु दक्ष र लगनशील हुँदाहँुदै पनि सरकारले ५० करोड माथिको नेपाली निर्माण ब्यवसायीलाई दिन नसक्नु मुलुककै लागि दुर्भाग्य हुने उनको भनाई थियो । त्यसैगरी नेपाल निर्माण ब्यवसायी संघका केन्द्रीय अध्यक्ष जयराम लामिछानेले पूर्वाधार विकास राष्ट्र निर्माणका आधार, बनौ सर्वपक्ष जिम्मेवार भन्ने नारालाई सार्थकता प्रदान गर्नु निर्माण ब्यवसायीमात्र नभै राज्य पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

नेपाल निर्माण ब्यवसायी संघ कास्कीको रजत महोत्सव आज सम्पन्न भएको  छ । सो अवसरमा संघमा रहेर उल्लेख्य कार्य गरेको भन्दै ब्यवसायी एवं विभिन्न संघसंस्थालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा संस्थाका मानार्थ सदस्य एवं पूर्वसभासद सूर्यबहादुर केसी, सुकुन्तलाल हिराचन, शरदकुमार गौचन, तीर्थराज अधिकारी, अर्जुनबहादुर क्षेत्री, विजयराज अधिकारी, परशुराम ओझा, नारायणप्रसाद उज्जवल, इन्द्रप्रसाद पराजुली लगाएत रहेका छन् ।

कमेन्टहरु
Loading...