आठ दिनसम्म बिना अक्सिजन भूसमाधिपछि गुरु जिवितै, हेर्न हजारौंको भीड (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, ३ बैशाख/चिकित्सा विज्ञानलाई चुनौती दिँदै एक गुरु पोखरामा ८ दिनसम्मको भूसमाधिपछि जीवित निस्किएका छन् । 

सुनसरीका ४५ वर्षे सिद्धबाबा श्रीवैष्णव कृष्णदास जी महाराज श्रीरामानन्दाचार्य पर्यटकीय नगरी पोखरामा बिना अक्सिजन गत चैत २६ गतेदेखि पोखराको रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा कार्यालयमा ९ दिसम्म समाधिमा बसेका हुन् । उक्त दिन साँझ साढे ६ बजेदेखि समाधिमा बसेका उनी आज रामनवमीको दिन बिहान १० बजेर १५ मिनेटमा सबैलाई आश्चर्य पार्दै जिवितै बाहिर निस्केका छन् ।

रामघाट क्षेत्रमा यतिखेर हजारौं श्रद्धालु भक्तको भीड लागेको छ । चिकित्सकको सामान्य चेकजाँचपछि उनी विस्तारै होसमा आए । सहयोगीले उनी सुतेको स्थानबाट उठाए । दही खाए, केहीबेर पनि पानी पिए । शंख फुके । उनले शरीर पुछियो । ब्रस्त फेरिसकेपछि उनी अनुयायीलाई दर्शन दिन बाहिर आए । त्यसपछि पनि उनले जोडले शंख फुके ।

उनको यो समाधिले यतिखेर चिकित्सकहरु दंग छन् । उनीहरुले चिकित्सा विज्ञानलाई गुरुको भूसमाधिले चुनौती दिएको बताएका छन् । भगवानको साक्षात रुप मानी शंख ध्वनी र तालीले उनको अद्भूत कार्यको प्रशंसा गरिएको छ । दिउँसो उनले प्रचवन दिने कार्यक्रम छ । राष्ट्र र मानवकल्याणका लागि आफू यसरी पहिलो पटक पोखरामा समाधिमा बसेको बताएका छन् । अद्भूत क्षमता भएका गुरुले यसअघि हरेक वर्ष चैते दशै तथा बडा दसैंमा विशेष समाधि साधनामा रहने गर्दैआएका छन् । पहिलो पटक उनी २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूसमाधि बसेका थिए । भारतका विभिन्न स्थानमा लामो समय तपस्या र ध्यान बसी उनले निर्वाण प्राप्त गरेको जगत्गुरु श्री रामानन्दाचार्य सेवापीठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी दिए ।

आठ दिनसम्म बिना अक्सिजन भूसमाधिपछि गुरु जिवितै, हर्न हजारौंको भीड
आठ दिनसम्म बिना अक्सिजन भूसमाधिपछि गुरु जिवितै, हर्न हजारौंको भीड

krishna das siddha baba pokhara samadi na (1) krishna das siddha baba pokhara samadi na (2) krishna das siddha baba pokhara samadi na (3) krishna das siddha baba pokhara samadi na (4)

कमेन्टहरु
Loading...