मुलुकभर संविधानसभाको मतदान जारी

पोखरा, ४ कात्तिक मुलुकभर बिहान सात बजेदेखि सुरु भएको संविधानसभा को दोस्रो निर्वाचन जारी छ । मतदान शान्तिपूर्ण रहेको मुलुकभरबाट समाचारहरु आइरहका छन् ।
chunabe (1) chunabeमतदान केन्द्रहरुमा सुरुदेखि नै देखिएको भीडले नेपाली जनता चुनावमा भाग लिन कति बेग्र छन् भन्ने कुराको प्रमाण मिलेको छ । सोमबार राती माओवादीले गरेको बम विष्फोट धम्की र बहिस्कार सफल बनाउन कातिक २५ गतेदेखि गरेको यातायात बन्दले पनि नेपाली जनताको मतदानको आकांक्ष रोक्न सकेको देखिएको छैन । पोखरामा पनि उत्साह जनक रुपमा मतदान भैरहेको छ ।
बझाङको क्षेत्र नम्बर १ को पाटादेवल उमावि मतदान केन्द्रमा भर्खरै मतदान सुरु भएको छ । कांग्रेस र एमाले कार्यकर्ताबीत हिजो रातिदेखि भएको झडपका कारण बिहान मतदान सुरु हुन सकेको थिएन् । पाटादेवल गाविसको मतदान केन्द्रमा सदरमुकामबाट थप सेना र प्रहरीको टोली हेलिकप्टरबाट ल्याइएपछि कडा सुरक्षाबीच मतदान सुरु भएको हो ।
काठमाडौंनेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवार गगनकुमार थापाले काठमाडौ मैतिदेबीस्थित मतदानकेन्द्रमा मतदान गरेका छन् । उनले बिहान सवा ८ बजे थापाले मतदान गरेका हुन् । मतदान गरेपछि संवाददाताहरुसँग कुरा गर्दै उनले काठमाडौं चारको निर्वाचन परिणामले काठमाडौंका मतदाता शान्ति स्थिरताको पक्षमा तथा हिंसाको विपक्षमा रहेको पुष्टि गर्ने विश्वास व्यक्त गरे ।
मुस्ताङको जिल्ला कारागार केन्द्रमा मतदान सकिएको छ । त्यहाँ ८ जना मतदाता छन् ।

कमेन्टहरु
Loading...