करीब दुई करोडमा निमार्ण भएको सहारा एकेडेमिको उद्घाटन एकेडेमिको लागि सहयोगको पहल गर्छुः अध्यक्ष थापा

पोखरा २६, माघ/पोखराको फुटवल खेलको विकासमा र सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचा बनाउदै आएको सहारा क्लवले अर्को छलाङ मार्न सफल भएको छ । जहाँ ईच्छा त्यहाँ उपाय भने झै क्लवसंग दिगो आथिक श्रोत विना नै दाताको सहयोग तथा आहा रारा गोल्ड कपबाट करीब दुई करोडको महोत्वकाक्षी योजना सहारा एकेडेमि निमार्ण कार्य सम्पन्न भएको छ ।

पोखराको सहारा क्लबले पोखरा १७ दोविल्लामा हालै निमार्ण गरेको उक्त एकेडेमिको सुक्रबार एक समारोहका विच उद्घाटन भएको छ । अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष एवम एएफसीका उपाध्यक्ष गणेश थापा, क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, सहारा युकेका अध्यक्ष नविन गुरुङ, सहारा हङकङका अध्यक्ष दिपक गुरुङ, उद्योगपति समाजसेवि सुर्यबहादुर केसी, अरुण चौधरी र प्याक्टका गुनारले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन ।

१ करोड १५ लाखमा दुई तले पक्की भवन, ६७ लाख ९४ हजारमा फुटवल मैदान, तारजाली सहति अन्य भौतिक निमार्ण भएको क्लबका कोषाध्यक्ष विश्वराज बरालले बताए । उनले उक्त भवन निमार्णको क्रममा २६ लाख ९२ हजार बराबरको रकम क्लबले तिर्न बाँकी रहेको अर्थात ऋण रहेको बताए । करीब ३ सय स्वदेशी तथा विदेशी बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका हुन । एकेडेमिको लागि १० हजारमाथि सहयोग गर्नु हुनेहरुको सिलामा नाम समेत राखिएको छ भने ३ लाख माथि सहयोग गर्नु हुने दाताको नामबाट भवनमा रहेका कक्षहरुमा नामाङकरण समेत गरीएको छ । भुई तलामा ५ र पहिलो तलामा ७ वटा कोठाहरु विभिन्न दाताको नामबाट नामाङकरण गरीएको छ ।

क्लबले बषर्नी आयोजना गर्दै आएको आहा रारा गोल्ड कप तथा दाताको सहयोगले उक्त भौतिक निमार्ण कार्य सफल भएकोमा धन्यवाद ज्ञापन गर्दै क्लबका अध्यक्ष विक्रम थकालीले एकेडेमि निरन्तर संचालन गर्न सवैको सहयोग निरन्तर आवश्यक भएको बताए ।

क्लबले दोविल्लामा २६ रोपनी जग्गा २८ लाख ५० हजारमा लिएको हो । सहारा एकेडेमि भवनसंगै एकेडेमिको लागि फुटवल मैदान समेत तयारी हुदैछ भने खानेपानीको वोरिङ्ग समेत संचालनमा आएको छ । उक्त खानेपानी स्थानीय वासिहरुलाई समेग वितरण गरीने भएको छ । उक्त एकेडेमिमा ३० जना वालकहरु आगामी वैशाखबाट राखिने भएको छ । कठिन परिस्थीती र विपन्न बर्गका देशभरीबाट छनौट गरीने भएको क्लबका अध्यक्ष थकालीले बताए । पहिलो पटक २०५८ साल देखि क्लबले एकेडेमिको रुपमा २० जना किशोरहरुलाई राख्दै आएको हो । २०६१ साल देखि देशका १३ जिल्लाबाट क्लबले विपन्न बर्गका तथा असाय २० जना वालकहरुलाई एकेडेमिको रुपमा राख्दै आएको थियो । भने हाल क्लबमा ५ जना बाहेक सवै एकेडेमिमा रहेका आ–आफ्नो गन्तव्यमा लागेका छन । केहि फुटवपल खेल्दै छन भने । सहाराका उत्पादन अनिल गुरुङ सहित अन्य खेलाडीहरुले हाल मासिक फुटवल खेलेरै ५० हजार माथि तलव खाने गर्दछन । दाताहरुलाई क्लबले सुक्रबार प्रंशम्सा पत्रको साथमा सम्मान गरेको छ ।

फुटवल मैदानको फिनिसिङ काम बाँकी रहेको छ । गत भदौमा दुवो रोपका कारण आगामी एक बर्षमा उक्त मैदानमा फुटवल खेल्न योग्य हुने क्लवका प्रथम उपाध्यक्ष विरभद्र आचार्यले बताए ।
यसै विच
अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष एवम एएफसीका उपाध्यक्ष गणेश थापाले सहारा एकेडेमि दिगो रुपमा संचालन गर्न सहयोग गर्ने बताएका छन । सहारा एकेडेमिको उद्घाटन सहित अनावरण गर्दै अध्यक्ष थापाले क्लवको टिम वर्क देखेर आफु निकै प्रभावित भएको भन्दै सहारा एकेडेमि निमार्णको क्रममा खासै सहयोग गर्न नपाएको बताउदै आगामी दिनमा व्यक्तिगत, एन्फा तथा नेपाल सरकारको तर्फबाट पहल गरेर राम्रो सहयोग जुटाउने वचन दिएका हुन ।

मोफसरको क्लबले महत्वकाक्षी योजना सफल पार्न प्रवासी नेपाली सहित विदेशी दाताहरुको सहयोगले सफल भएको भन्दै यसलाई निरन्तर सहयोग गर्न अध्यक्ष थापाले आग्रह गरे । एन्फा र सहारा क्लव विचको विवाद भएको कुरा कहिलेकाहि चलीरहदा अध्यक्ष थापाले आफुले कहिले पनि फुटवल खेलमा अबरोध नपुराएको बताउदै लिग स्थीगत हुदा समेत रेफ्रिहरुलाई खेल खेलाउन पठायर सहयोग गरेको दाबी गरे ।

क्लबहरुको माझामा एक उदाहरणीय क्लवलको रुपमा स्थापीत सहारा क्लबले निमार्ण गरेको सहारा एकेडेमिको उद्घाटन गर्ने अवसर दिएर आफुलाई सम्मान गरेको बताए । दाताहरुको भिडमा अध्यक्ष थापाले पैसा भएर मात्र नभई मन पनि हुनु पर्ने भन्दै पछिल्लो क्रममा खेलेर पनि खेलाडीहरुले बाच्न सक्ने अबस्था भएको बताए । समाजसेवि एवम पुर्व सभासद सुर्यबहादुर केसीले सहारा क्लबले खेलकुदको माध्यमबाट आर्थिक पक्षलाई मजवुद पार्दै अघि बढेको बताउदै सहाराको भावनालाई जिवन्त राख्न सवैले सहयोग आवश्यक भएको बताए । सहारा युकेका अध्यक्ष नविन गुरुङले ५० हजार नगद हस्तान्तरण गरे । उनले क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरेका हुन । त्यसै गरी सहारा युकेको टोलीले एकेडेमिको लागि जिन्सि सामाग्रि समेत हस्तान्तरण गरेको छ । ईन्जीरियर सुरेन्द्र पौडेलले करीब ५ करोड लाग्ने उक्त एकेडेमि २ करोडमा निमार्ण गरेकोमा आचार्य व्यक्त गरे ।

स्थानीय कमलमोहन पौडेलले पोखराउपमहानगरभित्र रहेर पनि दोविल्ल दुर्गम जस्तो भएकोमा सहारा एकेडेमि स्थापनासंगै मुहार फेर्न लागेकोमा खुसि व्यक्त गरेका छन । कार्यक्रम स्थलमा विहान हस्याङ फस्याङ गर्दै कुहिरोसंग सामाना गर्दै दोविल्लामा पुगेका सहागिहरुलाई प्रकृतिले पनि केहि समय पछि साथ दिदा आकास खुले पछि हिमश्रृखलाको दृष्यिले सवैको मन लोभ्याएको थियो । केहिले मोवाइलमा त केहिले क्यामारामा दृष्य कैद गर्न व्यस्त देखिन्थे ।

क्लबका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा एन्फाका केन्द्रीय सदस्य गणेश भट्टराई, एनआरएन युकेका अध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष बसन्त थकाली, प्रथम उपाध्यक्ष विरभद्र आचार्य, महासचिव केशव बहादुर थापा लगायतले एकेडेमिको बारेमा चर्चा गरेका थिए ।

 

कमेन्टहरु
Loading...