सहाराको टोलि हङकङमा

हङकङ, ७ भदौ /सहारा क्लब हङ्गकङ्गले आयोजना गर्न लागेको सहारा साँझ हङ्गकङ्ग २०१३ मा सहभागि हुन पोखराबाट बुधबार हिडेको ७ सदस्यीय टोलि आज हङकङ पुगेको छ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङको नेतृत्वको एक टोलिले सहारा क्लव पोखराका अध्यक्ष विक्रम थकालीले नेतृत्व गरेको टोलिलाई भव्य स्वागत ग¥यो ।
IMG_0854टोलिमा थकालीसँगै दोहोरी गायक जिवन दाहाल, दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, बाल कलाकार प्रेम परियार, बरिष्ठ फोटो पत्रकार सुर्दशन रञ्जित, उद्घोषक रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ हुनुहुन्छ । सहारा क्लव हङकङले विहिबारै लण्डनबाट हङकङ आईपुगेका लोकप्रिय गायक विवेक श्रेष्ठ र सहारा क्लवका यूकेका अध्यक्ष नविन गुरुङलाई हङकङ अध्यक्ष गुरुङ, कमल गुरुङ कान्छादाई लगायतको टोलिले स्वागत गरेको थियो ।
सहारा एकेडेमीको सहयोगार्थ आइतबार साँझ जोर्डनस्थित सिमसाइ सुईहलमा ‘सहारा साँझ हङकङ २०१३’ हुँदैछ । आयोजक मध्येका कमल गुरुङ कान्छादाईले सम्पूर्ण तयारी पुरा भएको र राम्रो ‘रेस्पोन्स’ प्राप्त भएकोले कार्यक्रम भव्य रुपमा सफल हुने दावी गर्नुभयो । “पोखरा र यूकेबाट कलाकार र पदाधिकारीको टोलि आईपुगेकोमा हामी उत्साहित छौ,” सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङले भन्नुभयो,“हङकङको यो कार्यक्रम एतिहासिक हुनेमा ढुक्क छौं ।”
टोलिको नेतृत्व गर्दै हङकङ पुगेका सहारा क्लवका अध्यक्ष विक्रम थकालीले हङकङबासी सहारा क्लवका शुभेच्छुकहरुको स्वागत र तयारीले आफुहरु गौरवान्धित भएको बताउनुभयो । सहारा यूकेका अध्यक्ष नविन गुरुङले हङकङको प्रयासले आफुहरुलाई पनि प्रेरणा मिलेको बताउँदै यूकेमा पनि सहारा साँझ गर्ने सोंच पलाएको बताउनुभयो ।
सहारा क्लव पोखराले दोविल्लामा २६ रोपनी जग्गामा संचालन गरेको एकेडेमीमा विपन्न र असहाय वर्गका १४ जना बालकहरुले शिक्षादिक्षाको साथै फुटवल प्रशिक्षण लिइरहेका छन् भने एकेडेमीमा ३० जना बालक राख्ने लक्ष्य क्लवले लिएको सहारा क्लवका सदस्य तथा बरिष्ठ फोटो पत्रकार सुर्दशन रञ्जितले जानकारी दिनुभयो । एकेडेमीमा भएका बालक ८ देखि १० बर्ष का छन् ।एकेडेमी संचालन गर्न सहारा क्लवले २ करोड लगानी गरेको छ ।
 

कमेन्टहरु
Loading...