कास्की बर्ष खेलकुद पत्रकारीता पुरस्कार सागरराज तिमिल्सिना

दीननाथ बराल/ पोखरा, १० जेठ/ अन्तराष्ट्रिय खेलाडी झरना गुरुङ कास्की बर्ष खेलाडी २०६९ बाट सम्मानित हुने भएकी छन । जिल्ला खेलकुद विकास समिति कास्कीले यही जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा गुरुङ सहित विभिन्न विधामा उत्कृष्ट घोषित व्यक्तिहरुलाई सम्मान गरीने भएको समितिले जनाएको छ ।IMG_9516कास्कीको ल्वाङघलेल स्थायी घर भएकी गुरुङले हालै सम्पन्न भएको उसुको एसियन च्याम्पीयनसिपमा काँस्य पदक विजेता हुन भने छैंटौं राष्ट्रिय बृहत खेलकुद महोत्सवमा जिल्ला, क्षेत्र हुदै राष्ट्रिय स्तरमै स्वर्ण पदक विजेकी थिइन । उनले दक्षिण एसियाली खेलकुदमा समेत काँस्य पदक जितेकी हुन भने उनले विगत मार्सल आर्टको क्युकोसिन कराँतेमा लामो समय बिताएर उसु खेलमा प्रबेस गरेकी हुन । जिल्ला खेलकुद विकास समिति कास्कीले २०६५ सालबाट कास्की बर्ष खेलाडीलाई सम्मान गर्न सकेको थिएन । २०६५ देखि २०६९ सालसम्म खेलकुदको प्रर्दशनको आधारमा गुरुङलाई कास्की बर्ष खेलाडीको रुपमा सम्मान गर्न लागेको समितिका कार्यालय प्रमुख प्रकास बरालले बताए । कास्की बर्ष खेलाडीको रुपमा सम्मानित हुने गुरुङलाई ३० हजार नगद सहित सम्मान–पत्रले सम्मान गरीने भएको छ ।

यसै विच बर्ष खेलकुद पत्रकार पुरस्कारबाट सागरराज तिमिल्सिना सम्मानित हुने भएका छन । एभिन्युज टेलिभिजन पोखरा संवाददाता तिमिल्सिना २०५९ सालबाट पत्रकारीता सुरु गरेका हुन । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारीता सुरु गरेका तिमिल्सिनाले पत्रकारीता जिवनमा पहिलो सम्मान पाउन लागेकोमा खुसि व्यक्त गर्दै यसले आफुलाई पत्रकारीता गर्न थप प्रेरणा मिल्ने बताए ।

यसै गरी कास्की खेलकुद आर्दश व्यत्तित्वबाट डाक्टर विरेन्द्रसिंह गुरुङ, कास्की बर्ष प्रशिक्षकमा कौसीला खत्रि, कास्की बर्ष उत्कृष्ट संघ संस्थामा टप्स उच्च मावि घोषित भएको छ । विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान–पत्रको साथमा नगद ५ हजार समेत प्रदान गरीने भएको समितिका कार्यालय प्रमुख बरालले बताए । डाक्टर विरेन्द्रसिंह गुरुङ क्षेत्रिय क्रिकेट संघका अध्यक्ष हुनुहुन्छ भने कौसीला खत्रि भलिवल प्रशिक्षक, टप्स उच्च माविले जिल्ला स्तरीय राष्टपति रनिङ शिल्डमा ह्याट्रिक पुरा गरी शिल्ड पच गरेको थियो ।

राष्ट्रपति रनिङमा ५ पटक उपाधि जितेको टप्सले ८ बर्षसम्म लगातार रुपमा व्याडमिन्टन खेलमा कास्की स्तरीय प्रतियोगितामा स्वर्ण पदक जितेको टप्स उच्च माविका संस्थापक÷प्रिन्सिपल रत्नमान गुरुङले बताए । उनले आफुहरुले शिक्षाको साथमा खेलकुदलाई पनि अघि बढाएको कारण सम्मानित हुन लागेकोमा खुसि व्यक्त गरे । समितिले संघ संस्थालाई समेत सम्मान गर्ने संस्कार अघि बढाएको हुदा यसले संघ संस्थाहरुलाई खेलकुदमा लगानी गर्न थप हौसला मिल्ने दाबी गरे ।

कमेन्टहरु
Loading...