नर्सलाई सघन स्वास्थ्य सेवा तालिम

असार, ६ गते/पोखरा– नर्सिङ पढाउने शिक्षक एवं पोखराका अस्पतालको आइसीयूमा काम गर्ने नर्सहरुको क्षमता अभिवृद्धिका लागि सघन स्वास्थ्य सेवा तालीम सञ्चालन गरिएको छ । हस्पिटलचोकमा रहेको कास्की सेवा हस्पिटलले आयोजना गरेको तीन दिने सो तालीम बुधवार सकिएको हो ।पोखरा विश्व विद्यालयका नर्सिङ शिक्षक तथा पोखराका बिभिन्न अस्पतालका ३० जना सहभागिलाई तालीम दिईएको थियो । युनिभर्सिटी अफ हवाली स्कुल अफ नर्सिङका जो नेम्सजुराले कार्डियक लाईफ सपोर्ट, एसिएलएस ट्रेनिङमा प्रशिक्षण दिनुभएको थियो । लामाचौरस्थित गण्डकी आवासीय उच्च माविको कक्षमा तालीम भएको थियो ।

तालीममा पोखरा विश्व विद्यालयका नर्सिङ शिक्षक, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायत सेवा, सहारा, नमस्ते, ओम, चरक मेमोरियल अस्पतालका नर्सहरु सहभागि रहेको आयोजक सेवा हस्पिटलका निर्देशक डा. पदमबहादुर खडकाले जानकारी दिनुभएको छ । सो तालीमको संयोजन सेवा हस्पिटलको आईसियुमा कार्यरत हुगेस मारियोले गर्नुभएको थियो ।

आईसियुमा राखेर उपचार गर्नुपर्ने विरामिका लागि पोखरामा सबैभन्दा धेरै १० वटा आईसियु शैøया सञ्चालन गरेको सेवा हस्पिटलले नर्सहरुको गुणत्मक क्षमता बढाउने आगामि दिनमा पनि यस्ता सिप विस्तार कार्यक्रम गर्दै जाने लक्ष राखेको निर्देशक खडकाले बताउनु भएको छ ।

कमेन्टहरु
Loading...