नेपालले सागमा फुटबल जित्दा राजुकाजी शाक्यका ३ संयोग

पोखरा, ३ फागुन /नेपालले सागमा यो समेत गरेर ३ पटक स्वर्ण जितेको छ र यी तीनै जीतमा राजुकाजी शाक्यको महत्वपूर्ण योगदान छ ।

पहिलो स्वर्ण १९८४ मा जित्दा राजुकाजी टोलीका सदस्य थिए । १९९३ मा जित्दा उनी टिमका क्याप्टेन थिए । अहिले यस वर्ष उनी कोचका रुपमा रहेका छन् ।

जितपछि प्रशिक्षक शाक्यले दोश्रो हाफमा रणनीति परिवर्तन गरेपछि जित निस्केको बताए । उनले भारतले गरेको पहिलो गोल आफ्ना डिफेन्डरको कमजोरीले गोल भएको बताए । दोश्रो हाफमा सर्ट पास खेलेर आफूहरुले जित निकाल्न सफल भएको र खेलाडीले पनि राम्रो खेलेको बताए । उनले जितले आफू अत्यन्त खुशी भएको बताउँदै यो जित नेपाली जनतामा समर्पण गरेको बताए ।

क्याप्टेन विराज महर्जनले पनि रणनीति परिवर्तन नै जितको खुड्किलो भएको बताए । साथै उनले टिमवर्कको परिणाम जित भएको बताउँदै फ्रिकिक टर्निङ प्वाइन्ट भएको उल्लेख गरे ।

भारतका प्रशिक्षक लि अलान जोनसनले आफू हारबाट निराश भएको प्रतिक्रिया दिए । उनले फ्रिकिक अविश्वसनीय भन्दै त्यहिंबाट खेलले नया मोड लिदा हार्नुपरेको बताए ।

कमेन्टहरु
Loading...