साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान भिड्दै

पोखरा, १८ भाद्र/साफ च्याम्पियनसिप फुटबल प्रयितोगिता अन्तरगत नेपालले आज पाकिस्तानसँग भिड्दैछ । दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुने खेलमा नेपाली खेलाडी उच्च मनोबलका साथ मैदान उत्रिदै छन् ।
saff championship nepal 2013उद्घाटन खेलमा बंगलादेशलाई २–० ले पराजित गरि समुहमा शिर्ष स्थानमा रहेको नेपाली टोलीले अहिलेसम्म ३ अंक बटुुलि सकेको छ । नेपाल पाकिस्तानलाई हराउँदै सेमिफाइनल प्रवेश सुनिश्चित गर्न चाहन्छ भने पाकिस्तान च्याम्पियनसिपको यात्रा जीवित राख्ने प्रयासमा नेपाललाई हराउन चाहान्छ ।
पाकिस्तान आज हारे प्रतियोगिताबाट बाहिरिनेछ । नेपाल र पाकिस्तान अहिलेसम्म १३ पटक भिडेका छन् । जसमध्ये ५ खेल नेपालले जितेको छ भने ४ खेल पाकिस्तानले ४ खेल बराबरीमा सकिएको छ । गत माघमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा पाकिस्तानले सतप्रतिशत नतिजा निकालेको थियो । आजको पहिलो खेल दिउँसो साढे ३ बजे भारत र बंगलादेश बिच हुनेछ । भारत र नेपाल दुबैले आ आफ्नो खेल जित समूह चरणको अन्तिम खेल अघि नै दुबै टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

कमेन्टहरु
Loading...