सफल पोखरा कपको तयारी तिब्र

पोखरा, २८ असोज / एनसेल कप फुटबल प्रतियोगता टुंगिएको छ । अबको १६ दिनपछि पोखरामा मोसफलकै सर्वाधिक धनराशीको दोस्रो सफल कप फुटबल प्रतियोगिता शुरु हुदैं छ । सफल कप सिद्धिएको डेढसातापछि राष्ट्रिय लिग शुरु हुने एन्फाको क्लेण्डरमा छ ।

कार्तिक १४ गतेदेखि शुरु हुने फुटबल प्रतियोगिता प्रतिस्पर्धात्मक हुने विश्वास एन्फा कास्कीले लिएको छ । एनसेल कप टुंगिए लगत्तै खेलाडीले केही आराम लिएका छन् । प्रतियोगितामा सहभागि क्लबका खेलाडीहरु पूर्ण रुपमा फिट छन् । नियमित प्रशिक्षणमा समेत रहेकोले प्रतियोगिता अझ रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा कास्की जिल्ला फुटबल संघले गरेको आईतबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

प्रतियोगिताको लागि नेपाली क्लबहरुको सहभागिता निश्चित भईसकेको छ । तर विदेशी भारतीय र बंगलादेशी टोली निश्चित भईसकेको छैन् । भुटानबाट ग्रुप वल्र्ड एफसीको सहभागिता रहने प्रतियोगिताका संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार यो वर्ष प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरिएको छ । प्रथम पुरस्कार तीनलाख पाँच हजार रुपियाँ प्रदान गरिने छ भने उपविजेताले एकलाख ५० हजार रुपियाँ पाउने छ ।

प्रतियोगितामा एनसेल कप विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी, एनसेल कप उपविजेता म्याकडोवल्स आरिसिटी, नेपाल प्रहरी, आर्मी क्लब, मछिन्द्रक्लब, यति हिमालयन शेर्पा क्लब, एनआरटी क्लब, एनआई विएल फ्रेण्ड्स क्लब, पोखरा–११, भारत र बंगलादेशको ए डिभिजनका क्लबहरुको सहभागिता रहने छ । संयोजक भट्टराईले यो वर्ष खेलाडीको दैनिक भत्तामा ५० रुपियाँ समेत बृद्धि गरिएको बताए ।

कमेन्टहरु
Loading...