नेपालमा धेरै दुर्घटना हुने चार सडक

काठमाडौं, १ कात्तिक /सडक विभागले गरेको एक अध्ययन अनुसार नेपालका सडकहरुमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने देखाएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ राम्दी सडकखण्ड १२ किलोमिटर, लमही तुलसीपुर सडकखण्ड २९ दशमलव ६२ किलोमिटर, अरनिको राजमार्गको सूर्य विनायक दोलालघाट खण्ड ४७ दशमलव १५ किलोमिटर र भालुवाङ भारण्डा रोल्पा सडकखण्ड ९१ किलोमिटरमा धेरै दुर्घटना हुने गरेको छ।

यी सडकलाई विभागले ब्याल्क स्पट मानेको विभागले सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए।

कमेन्टहरु
Loading...