भारत –पाकिस्तानबीच वार्ता

सागर राज तिमिल्सिना
पोखरा, ४ चैत /पोखरा— सार्क बैठकमा सहभागी हुन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजिजबीच पोखरा पर्दी बजारस्थित ग्रान्ड होटलमा वार्ता भएको छ ।

भारत –पाकिस्तानबीच वार्ता
भारत –पाकिस्तानबीच वार्ता

सल्लाहकार अजिजले भारतीय विदेशमन्त्री स्वराजलाई १९ औं सार्क सम्मेलनमा सहभागी हुन भारतीय पक्षलाई निमन्त्रणा दिएका छन् ।
वार्तामा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्दै सौहार्दपूर्वक ढंगले अघि बढ्ने र आगामी दिनमा दुई देश र सार्कका अन्य राष्ट्रबीच बेला बेलामा हुने अविश्वास हटाएर विश्वासको वातावरण कायम गर्ने बारेमा छलफल भएको थियो ।

वार्तामा हालै भएको भारतको पठानकोटमा भएको आतंककारी आक्रमणको दुबै पक्षबाट अनुसन्धान गर्न सहमति भएको बताइएको छ ।

कमेन्टहरु
Loading...