एक रुपैयाको नोटमा भएको हिमाल देखे पछि

सरु दाहाल अधिकारी

सुन्दर हेर्दा पनि चंखेली हिमाल
मुगुको रारा तिम्रो आगन
तिमी एक रुपैयामा मात्र काँह
अटाउछौर बरु तिम्रो शरिरको
रस खाएर कैहौ बनस्पति र जडीबुटी
अघाएका छन् ।

रुपमा घमण्ड नगर है तिमीलाई
जित्ने अरु नहोलान तर साच्चै
तिमी रुपवान छौ ।
तिमी मात्र राम्रो भएर हुदैन तिम्रो
छेउछाउमा तिम्रो रुप हेरिदिने पनि
उस्तै बनाउनु परो भोको पेटले तिमीलाइ
हेर्न सक्दैनन् ।

रुपै देखाउने हौ भने सुन ती तिम्रा सुबचिन्तक
हरुलाइ भोको नराख, नाङगो नराख अनि सिर
सिर गर्ने बतासले नसेक ।
तिम्रो तो रुप शहरियाहरुलाई देखाउ
बिदेशीलाई देखाउ बल्लपो देख्छन तिम्रो
मुहारको सेतो हिउरुवि पाउडर लगाएको
अनुहारको मूल्य कति पर्ला ?

पाल्ने छौ ति संतानहरुलाई उनिहरु
गाउँ छोडेका छैनन् तिमी एक्लै हुन्छौ भनेर
कसम खान पर्छ तिमीले अब म भोकै राख्दिन
अनि नाङगै राख्दिन भनेर ।

अस्ति समाचारमा पढेथे भोकमरिले तिम्रा
साना बच्चाहरु कुपोषणले मर्नै लाएरे
बनको कन्दमुल खोजेर खाएरे
यही रमिता हेरेर बसेका छौ र तिमी ?

हैन भने शहरमा बस्ने रमितेको कानमा
सिरसिरे हावा घुसाउ तिम्रो हिउले रुजाउ
अनि मुगु बासिलाइ एक पेट पेटभरि खुलाउ ।।

कमेन्टहरु
Loading...