रोट्रयाक्टद्धारा लगानी सम्बन्धी छलफल

काठमाण्डौ, १५ पुस / नेपाल भ्रमण वर्ष २०२० लाई रोट्रयाक्टले सहयोग र सहकार्य गर्ने भएको छ । शनिबार घोषित रोट्रयाक्ट नेपाल डिष्ट्रिक ३२९२ को वर्ष २०२०/२१ को कार्यसमितिले भ्रमण वर्षको लक्ष्य सहित साक्षरता अभियानमा पनि काम गर्नेछ ।

ललितपुरमा शनिबार सम्पन्न रोट्रयाक्टको १२ औँ डिष्ट्रिक कन्फरेन्समा घोषित उक्त कार्यसमितिको नेतृत्व डिआरआर सञ्जीव पौडेलले गर्नेछन् । रोट्रयाक्ट नेपालले उक्त कार्यकालको लागि ‘क्रियटिङ भ्यालु’ लाई थिम बनाएको छ ।

पौडेल नेतृत्वको वर्ष २०/२१ को टिममा सर्जेन्ट एट आम्र्समा सुदिप प्रसाई ठकुरी, पब्लिक रिलेसन अफिसरमा सुशान्त अधिकारी, क्रियटिभ लिडमा प्रकृति ढकाल, टेक्निकल अफिसरमा अनिल पाण्डे, मिडिया अफिसर विशन क्षेत्री र शिखर लाल डोटेल, प्रोफेसनल डिभलपमेन्टमा प्रवेश गौतम रहेका छन् ।

यस्तै, वृधिका सेन्चुरी इन्टरनेशनल सर्भिस, रेशम खड्का कम्युनिटी सर्भिस, सुनिल फुयाँल क्लब सर्भिस डिरेक्टर रहेका छन् ।

टे«जरमा आशिष वाग्ले, असिस्टेन्ट टे«जरमा प्रकाश शर्मा र आदर्श श्रेष्ठ, लिडरसिप टे«नरमा साविकराज न्यौपाने, असिस्टेन्ट लिडरसीप टे«नरमा ऋषभराज जोशी र दिनेश अग्रवाल, सेक्रेटरी सम्विद घिमिरे, असिस्सटेन्ट सेक्रेटरीमा सुनिल घिमिरे, निर्भीक केसी र लक्ष्मण खरेल रहेका छन् । साथै १३ ओटा जोनका जेडआरआर पनि रहनेछन ।

यस्तै, एडिआरआरमा आशिव कर्माचार्य, सन्नी गोयल र सागर मल्ल ठकुरी रहेका छन् । डिआरआर इलेक्टको रुपमा सुमित बज्राचार्य रहेका छन् । शुक्रबार र शनिबारसम्म चलेको कन्फरेन्स ‘युवामा लगानी’ विषयमा केन्द्रित रहेको थियो ।

विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल गरिएको थियो ।

कमेन्टहरु
Loading...