रोटरी क्लव अफ पोखरा न्यूरोडमा भूकम्प सुरक्षा बारे अन्तरक्रिया कार्यक्रम

पोखरा, माघ/रोटरी क्लव अफ पोखरा न्यूरोडको नियमित वैठकका अवसरमा बुधबार भूकम्प सुरक्षा बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भूकम्प र त्यसको विविध पक्षका बारेमा इञ्जिनियर नारायण गुरुङले जानकारी गराउनु भएको थियो । त्यस अवसरमा इञ्जिनियर गुरुङले विश्वभरमा गएका भूकम्पहरुका प्रकार, त्यसले पार्ने प्रभावहरु सहित नेपालले भोगेको महाभुकम्प जस्ता भूकम्प आएमा कसरी बच्ने भन्ने बारेमा जानकारी गराउनु भयो ।अन्तरक्रियाका अवसरमा भूकम्प आफैले होइन भूकम्प पश्चात हामीले बनाएका संरचना भत्काएर र त्यससँगै आउने विपत्तिले ठूलो क्षति पार्ने बताउनु भयो । पाँच रेक्टर स्केल भन्दा साना भूकम्पले त्यति ठूलो प्रभाव नपार्ने नभएपनि त्यसभन्दा ठूलो भूकम्पको हकमा भूकम्प कति समय सम्म आयो र त्यसको सेण्टर कहाँ थियो भन्ने विषयले क्षतिको प्रकार फरक हुने बताउँनु भयो ।

उहाँले भूकम्पबाट बच्नका लागि भूकम्प प्रतिरोधात्मक प्रविधि अपनाएर घर संरचना बनाउनु पर्ने साथै भूकम्प गइरहेको अवस्थामा कसरी रहने उपाय अवलम्बन गर्ने र भूकम्प पछि कसरी त्यसबाट बच्न सकिन्छ भन्ने बारेमा जानकारी लिनुपर्ने बारेमा जानकारी दिनु भयो ।

कमेन्टहरु
Loading...