रोल्पामा बम विस्फोटन हुदाँ चार बालबालिकाको मृत्यु

रोल्पा, १८ वैशाख / रोल्पामा बम विस्फोटन हुदाँ चार जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ बम विस्फोटनमा परि मृत्यु भएको हो ।

मृत्यु हुने बालबालिकामा ५ बर्षिय विजय खत्री, १४ वर्षीय नोकिराम डाँगी, गौरव नेपाली, ११ वर्षीया विमला खत्री रहेका छन् । गाउँ नजिकैको जंगलमा गाईभैसी हेर्न गएका उनी विस्फोटमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । चारै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान छ ।

तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्त भएको थियो । युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ ।

कमेन्टहरु
Loading...