रोपाई महोत्सवको तयारी तिब्र

सागर राज तिमिल्सिना
पोखरा, ६ असार/आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यका साथ पोखरामा आयोजना हुन लागेको ‘दशौँ असारे रोपाई महोत्सव’ को लागि तयारी तिब्र पारिएको छ । पोखरा पर्यटन परिषद्को आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको सह–आयोजनामा असार १५ गते असारे महोत्सव हुँदैछ । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आईएको महोत्सव यो पटक लेखनाथ नगरपालिका–९ बेगनासताल किनारमा गरिन आज आयोगिता पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

महोत्सव लेखनाथका किसानद्धय मुरारि कोइराला र शंकर कोइरालाको ८ रोपनी क्षेत्रफलमा रोपाइ गरीने पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य बहादुर भुजेलले जानकारी दिए । उनका अनुसार महोत्सवमा ५ हल गोरु नारिने बताए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नारा लिई आयोजना गर्न लागिएको महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाउने अध्यक्ष भुजेलको भनाई थियो । ‘पोखरा र यसको वरिपरी भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकहरुलाई आफ्नो पेशाप्रति उत्प्रेरित गर्नु पनि मेलाको उद्देश्य हो’ उनले भने, ‘यसले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाएको बताए ।

रोपाई महोत्सवमा सहभागि हुनका लागि विभिन्न देश विदेशबाट पनि पर्यटकले प्याकेज बुकिङ्ग गरिसकेको उनले बताए । महोत्सव हेर्न करिब २ सय पर्यटक र अन्तरीक पर्यटक गरि करिब १० हजारले दर्शक आउने आयोजकको अनुमान छ । महोत्सव सम्पन्न गर्न करिब ९ लाख खर्च लाग्ने अध्यक्ष भुजेलले जानकारी दिए । ‘हिलोमा एक पटक टेक्नु पर्छ है’ भन्ने भनाईलाई जिवन्तता दिने अभिप्रायले विगत १० वर्ष देखि असार १५ लाई रोपाई महोत्सवका रुपमा मनाउँदै आईरहेकोले यसलाई थप प्रवद्र्धन गर्न पनि महोत्सवले सघाउने आयोजकको विस्वास छ ।

पछिल्लो समय अधिकांश युवा जनशक्तिको कृषिप्रणालि प्रति रुचि घट्दै गएको छ’ उनले भने, ‘यो महोत्सवले युवापंक्तिमा नयाँ सन्देश प्रवाहित गर्नेछ र उनीहरुलाई पनि कृषि क्षेत्रमा आउन प्रेरणा दिन्छ ।’ सरकारले पछिल्लो केही वर्ष यता उक्त दिनलाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।

 

 

कमेन्टहरु
Loading...