लोकदोहोरीले पत्रकार ज्ञवालीलाई सम्मान

पोखरा, ११ जेठ/समाधान दैनिकका कार्यकारी सम्पादक एवं एभिन्यूज टेलिभिजनका पश्चिमाञ्चल ब्यूरो प्रमुख रामकृष्ण ज्ञवाली सम्मानित भएका छन् । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान गण्डकी अञ्चल समितिले तेश्रो बार्षिकोत्सवको अवसरमा ज्ञवालीलाई सम्मानित गरेको हो ।

R K Sammanपत्रकारिताको माध्यमबाट लोक दोहोरी गितको विकासमा उल्लेखनीय योगदान पुर्याएकाले पत्रकार ज्ञवालीलाई सम्मान गरिएको राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका गण्डकी अञ्चल अध्यक्ष चोलेन्द्र पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रिय अध्यक्ष पुरुषोत्तम न्यौपानलेले सम्मान पत्र प्रदान गरेका थिए । प्रष्तिठानका पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी अमर विरही गुरुङ लगायतले खाँदा र अविर लगाएका थिए ।

नयाँ नेतृत्व चयन गर्ने गरी प्रतिष्ठानको गण्डकी अञ्चलको तेश्रो अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन राष्ट्रिय अध्यक्ष पुरुषोत्तम न्यौपानलेले गरेका थिए । सोही अवसरमा विभिन्न क्षेत्रका अमर विरही, भिमबहादुर भटट्राई, यमनसिंह बोहोरा, सम्मर गायक लगायतरुलाई सम्मान गरेको थियो ।

अञ्चल अध्यक्ष चोलेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा राष्ट्रिय अध्यक्ष न्यौपाने सहित दुर्गा रायमाझी, पुरुषोत्तम पराजुली, कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, एमाओवादीका धर्म गुरुङ्ग, एमालेका दामोदर बैरागी, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोला, पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, शशस्त्र प्रहरी बलका एसपी शम्भु उप्रेती, लोक गित प्रतिष्ठानका राष्ट्रिय उपाध्यक्ष चन्द्रबहादुर थापा, अञ्च्ल उपाध्यक्ष शंकर विरही गुरुङ्ग, सचिव जिवन दाहाल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...