रिटर्नी माइग्रेट नेपालको राष्ट्रिय सम्मेलन पोखरामा हुने

कृष्ण आचार्य,​ पोखरा, १२ बैशाख /रिटर्नी माइग्रेट नेपालको पहिलो राष्ट्रिय सम्मेलन बैशाख १५ र १६ गते पोखरामा हुने भ​एको छ । बैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपाली युवाहरुको संस्था रिटर्नी माइग्रेट नेपालको पहिलो राष्ट्रिय सम्मेलन बैशाख १५ र १६ गते सुन्दर नगरी पोखरामा हुन लागेको संस्थाले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

“ प्रवासबाट आर्जित सीप​, ज्ञान र पुँजी स्वदेशको लागि ” भन्ने उद्घोषका साथ स्थापना भ​एको संस्थाले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय सम्मेलन पोखराको सभागृहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको प्रमुख आतिथ्यतामा गर्न लागेको पत्रकार सम्मेलनमा रिटर्नी माइग्रेट नेपालका महासचिब लक्ष्मी प्रसाद आचार्यले जानकारी दिए । देशभरका ३० हजार सदस्य आबद्द संस्थाको सम्मेलनमा  ६८ जिल्लाबाट २ सय ५० जना प्रतिनिधी सहित आयोजक, आजिवन सदस्य,पर्यबेक्षक र अतिथी गरि करिब ५ सय ५० जनाको सहभागिता रहने जनाईएको छ ।

सम्मेलन बाट आगामी २ बर्षको लागि ३५ सदस्य रहेको नयाँ नेतृत्व चयन हुने जनाईएको छ ।जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिब, कोषाध्यक्ष सहित २८ सदस्यको टुङ्गो सम्मेलनबाट लगाईने छ भने प्रदेश कमीटीका अध्यक्षहरु पदेन सदस्य रहने ब्यवस्था बिधानमा रहेको महासचिब आचार्यले जानकारी दिए । देशभरी बाट प्रतिनिधी र पर्यबेक्षक पोखरा आउने क्रम सुरु भ​एको भन्दै महासचिब आचार्यले राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

रिटर्नी माइग्रेट नेपाल गण्डकी प्रदेश कमिटीका अध्यक्ष नेत्र थनेतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको  संचालन गण्डकी प्रदेश कमिटीका सचिब दिपक पाण्डेले गरेका थिए ।

कमेन्टहरु
Loading...