कालिका उपशाखाको अध्यक्षमा घिमिरे

पोखरा, १६ माघ/नेपाल रेडक्रस सोसाइटी कालिका उपशाखाको बिहिबार भएको पाँचौ अधिवेशनले राजेशकुमार घिमिरेको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कालिका रेडक्रस उपशाखाको नयाँ कार्यसमिति
कालिका रेडक्रस उपशाखाको नयाँ कार्यसमिति

शाखाको उपाध्यक्षमा नाराणप्रसाद त्रिपाठी, सचिवमा सुर्यबहादुर जिसी, सहसचिवमा श्रीराम अधिकारी र कोषाध्यक्षमा विष्णुमाया पौडेल रहनु भएको छ भने सदस्यहरुमा दिनेशबाबु खड्का, बाबुराम सापकोटा, दुर्गाप्रसाद गौतम, गुरुप्रसाद कुइकेल र विष्णु सुवेदी भण्डारी रहनु भएको छ । कार्यसमितिका पदाधिकारी र सदस्यलाई निर्वाचन अधिकृत तेजनारायण अधिकारीले सपथ ग्रहण गराउनु भएको थियो ।

यसअघि उद्घाटन सत्रमा उपशाखाका पूर्व अध्यक्ष मानवबहादुर जिसीलाई नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष रामप्रसाद ज्ञवालीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । कार्यक्रम अध्यक्ष राजेश घिमिरेको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...