रियल मड्रिडको जितमा रोनोल्डोको हृयाट्रिक

२८ माघ, काठमाण्डौं । स्पेनिस ला लिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन रियल मडि्रडले सेभिल्लालाई पराजित गरेको छ ।

शनिबारराति भएको खेलमा रियलले क्रिष्टियानो रोनोल्डाको हृयाटि्रकको मदतमा सेभिल्लालाई ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मडि्रडले १८ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो ।

२६ औं मिनेटमा रियलको अग्रता दोब्बर पारेका रोनाल्डोले ४६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ५९ औं मिनेटमा गोल गर्दै रोनाल्डोले हृयाटि्रक पुरा गर्दै रियललाई ४-० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा सेभिल्लाका मनुले गोल गरेपनि हार टार्न सकेनन् ।

जितपछि २३ खेलबाट ४६ अंक जोडेको रियल मडि्रडले लिग लिडर बार्सिलोनासँगको दुरी १३ मा झारेको छ । बार्सिलोनाको २२ खेलबाट ५९ अंक छ र आज गेटाफेसँग भिड्दैछ । cp. onlinekhabar

 

कमेन्टहरु
Loading...