लहुरेको सहर पोखराामा ¥याण्डमले ग¥योा गोर्खा भर्तीको परिचर्चा

पोखरा, २७ असोज/ लाहुरेको सहरका रुपमा परिचित पोखरामा शनिबार तिनै लाहुरेहरुको परिचर्चा बौद्धिक जमातका माझ भएको छ । हरेक महिनाको अन्तिम शनिबार पढौं र ज्ञान बाँडौं भन्ने मान्यतासहित पुस्तक परिचर्चा गर्दै आएको ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो २३ औं शृङ्खलामा झलक सुवेदीको कृति ‘ब्रिंटिस साम्राज्यका नेपाली मोहरा’ नामक गोर्खा भर्तीको नालीबेली समेटिएको पुस्तकको परिचचाका सन्दर्भमा लाहुरेहरुको चर्चा भएको हो ।

कृतिको परिचर्चा गर्दै युवा पत्रकार तथा लेखक विभासले गोर्खा भर्तीको इतिहास र त्यसबाट नेपाली समाजमा परेको प्रभावलाई रोचक ढङ्गले कृतिले जानकारी दिए । विभासले लाहुरे संस्कृतिमा निर्भर नेपालको अधिकांश युवाको जीवनशैली परिवर्तन र नयाँ पुस्तामा त्यसप्रति स्पष्ट दृष्टिकोण निर्माणका लागि पुस्तक सहयोगी हुन सक्ने तर्क गर्दै गोर्खा भर्तीको गलत अभ्यासमा लागेको वर्तमान पुस्तालाई सचेत गराउनसमेत लाभदायी हुने दावी गरे ।

लेखक झलक सुवेदीले लेखकीय अनुभव सुनाउँदै आफूलाई गोर्खाहरुले चलाएको गेसो आन्दोलनले कृति लेख्न प्रेरित गरेको बताए । सुवेदीले गोर्खा भर्ती बन्द गर्नुुपर्ने भन्दै खास गरी नेपालका वाम राजनीतिक दलहरुले सत्ताबाहिर रहँदामात्र विरोध गर्ने र सत्तामा पुगेपछि त्यसकै माध्यम हुने प्रवृत्ति अपत्तीजनक भएको बताए । कार्यक्रममा कवि श्यामलले समाज शास्त्रको अध्ययन गर्दा गोर्खा लाहुरेलाई छुटाए अपूरो हुने बताए भने प्राज्ञ रमेश श्रेष्ठले कृतिले नेपाली जनजीवनको त्रासद उपस्थितिको ऐतिहासिक दस्तावेज भएको बताए ।

पुस्तक छनोट समितिका संयोजक कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा तोयानाथ लामिछाने, डिल्लीप्रसाद ढुङ्गाना, महेन्द्र रिमाल, पानबहादुर घर्ती, दीपक तामाङ, बाबुराम पन्त, विष्णुप्रसाद बाँस्तोला, मन क्षेत्री, युदनन्दन उपाध्याय, सिर्जना शर्मा, फडिन्द्र अकिञ्चन, शिव पौडलेलगायतले टिप्पणी गरेका थिए ।

कमेन्टहरु
Loading...