रबी लामिछानेको कीर्तिमानी टक सो

१ बैशाख, काठमाण्डौं । गिनिज बुकमा विश्वकै सबैभन्दा लामोसमय सम्म अन्तवार्ता (टक शो) गर्ने अभिप्रायले विश्वको टेलिभिजन इतिहासमै पहिलो पटक नेपालमा न्यूज-२४ टेलिभिजनले सुरु गरेको ‘म्याराथन टक शो’ गएराती ११ बजे सकिएको छ । चैत २९ गते बिहीबार बिहान १० :३६ बाट सुरु भएको ‘टक शो’ शनिबार राती १० बजेर ३६ मिनेट सम्म कार्यक्रमका प्रस्तोता रवि लामिछानेले स्फूर्तिका साथ सञ्चालन गर्नुभएको थियो ।

rabi

गौतम बुद्ध नेपालमै जन्मिएको र ‘अब विश्वले चिन्नेछ नेपाल’ भन्ने मूल सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले न्यूज-२४ टेलिभिजनको आयोजनामा विश्व टेलिभिजन इतिहासकै लामो ‘म्याराथन टक शो’ गरिएको थियो । ‘टक शो’ को सुपरिवेक्षण गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डका अधिकारीको टोली शुक्रबार राति न्यूज-२४ टेलिभजिनको कार्यालय आएका थिए ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले न्यूज-२४ टेलिभिजनको कार्यालय पानीपोखरीमा दीप प्रज्वलन गरी अभियानको सुरुवात गर्नुभएको थियो, भने बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन धावक बैकुण्ठ मानन्धरले शान्तिदीप प्रज्वलन गरी अभियान सुरु गर्नुभएको थियो ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालको अन्तरवार्ताबाट सुरु भएको ‘म्याराथन टक शो’ राति ‘महजोडी’ अर्थात चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तर्वाताबाट समापन गरिएको आयोजक संस्थाले जनाएको छ । बुद्ध जन्मस्थलबारे चलाइएका भ्रम चिर्दै नेपाललाई विश्व मानचित्रमा थप प्रचार गर्न सुरु गरिने ‘म्याराथन टक शो’ ले गिनिज बुकमा पनि कीर्तिमान राख्ने बताइएको छ ।

आयोजक न्यूज-२४ टेलिभिजनले सुरु गरेको यो अभियानअन्तर्गत दस लाख हस्ताक्षर सङ्कलन भइरहेको छ । देशका विभिन्न भागमा जारी हस्ताक्षर सङ्कलन दसलाख पुगेपछि संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई बुझाइने छ । अभियानको व्यवस्थापन वेलकम इभेन्ट म्यानेजम्यान्टले गरेको हो । विगतमा नेपाल टेलिभिजनको चलचित्रलगायतका कार्यक्रम सञ्चालन गरेका लामिछाने पछिल्लो समय १० वर्षदेखि अमेरिकाको बाल्टिमोर सहरमा बस्दै आउनुभएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...