पाँचौ राष्ट्रपति रनिङ शिल्ड फागुन ९ देखि

पोखरा, ६ फागुन/कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँचौ राष्ट्रपति रनिङ् शिल्ड अन्तर विद्यालय कास्की जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । आइतबार कास्की जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरि फागुन ९ देखि १२ गते सम्म प्रतियोगिता संचालन गर्न लागेको जानकारी दिएको हो ।प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स तर्फ छात्र÷छात्रा एक सय, दुई सय, चार सय, पन्ध्र सय,पाँच हजार, चार गुण एक सय, ४ गुणा चार सय मिटर रिले दौड छात्र÷छात्रा हाइजम्प, जङजम्प, त्रिपलजम्प, ज्याभिङ थ्रो, सटपुट संचालन गरिने छ  कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुने विद्यालयलाई १० हजार, ७ हजार, ५ हजार शिल्ड प्रदान गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनु भयो । प्रतियोगितामा उत्कृष्ट एक छात्र र एक छात्रालाई एक वर्षसम्मको लागी छात्रबृत्ति समेत प्रदान गरिने अध्यक्ष देवकोटाले बताए ।

प्रतियोगितामा ५० भन्दा बढि विद्यालयको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ भने प्रतियोगिता सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागि खेलाडिहरुबाटै पश्चिमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डको लागी छनोट गरिने बताइएको छ ।

कमेन्टहरु
Loading...