राप्रपाको चुनावी चर्चा

पोखरा, ९ भाद्र/पोखरा, मुलुकका विभिन्न सवालहरु लगायत मंसिर ४ गते हुने निर्वाचनको सन्दर्भलाई मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र नं. १ कास्कीले आज विशेष बैठक सम्पन्न गरेको छ ।
बैठकमा जिल्ला उपाध्यक्ष विष्णु प्रसाद पोखरेलले ठुला दलहरुका अंहमताका कारण राष्ट्रले निकास पाउन नसकेको बताउदै राष्ट्रवादी शक्तिहरु एक भई अगाडी बढ्नु पर्ने । रा.प्र.पा. निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सचिव कृष्ण प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव भीमराज भण्डारी, कोषाध्यक्ष इन्द्र बहादुर भारी, जिल्ला सदस्य कृपा पौडेल, हरिदेवी अधिकारी, लेखनाथ नगर अध्यक्ष हेम बहादुर हमाल लगायतले राजनैतिक बारेमा चर्चा गरेका थिए ।
पार्टीको रिक्त रहेको क्षेत्रीय अध्यक्षमा सचिव कृष्ण प्रसाद रेग्मीलाई सर्वसम्मतीबाट कार्यावाहक अध्यक्षको रुपमा जिम्मेवारी समेत दिएको छ ।

कमेन्टहरु
Loading...