काग्रेस हारे कै कारण सविधान बनेन नेता– पौडेल

पोखरा, २२ माघ/नेपाली काग्रेसका उपसभापती रामचन्द्र पौडेलले काँग्रेसले संविधान सभामा हारेकै कारणले संविधान बन्न नसकेको ठोकुवा गरेका छन् । नेपाली काँग्रेस वडा समिति १५ को कार्यालय एवं विपी स्मृती भवनको पोखरामा शिलान्यास गर्दै उनले लोकतान्त्रिक पार्टी काँग्रेसलाई सविधान सभामा जनताले विश्वास नगरी माओवादीलाई मत दिएर पहिलो पार्टी बनाए पनि एमाओवादीले जनतामा भ्रम मात्र फैलाएको बताए ।

उनले एमाओवादीको भ्रम फैलाउने काम मात्र गरेको हुदा संविधान सभा नै असफल सावीत भइ सविधान नै बन्न नसकेको बताए । उनले एमाओवादीका सवै योजना र भ्रमहरु जनताले नै बुझी सकेकाले अब एमाओवादीको यस्तो भ्रमको खेती धेरै समय नचल्ने दावी गरे । उनले माओवादी आफना नारा असफल भएपछि जातीवादी नारा लगाएर सत्तामा अडिइ रहन खोजेको आरोप लगाए ।

उपसभापति पौडेलले जनतालाई धेरै अधिकार प्रदान गर्ने हिसावले काँग्रेसले संघियता अवलम्वन गरेको भन्दै काँग्रेस सघियता विरोधी भनेर कसैले भन्छ भने त्यो भ्रम मात्र भएको बताए । करीव तेइस लाखको लगानीमा खरीद गरीएको ३ आना जग्गामा चार कोठाका भवन निर्माण गरीने र त्यसलाई ३ तला सम्म निर्माण गरीने लक्ष्य रहेको बताइएको छ । नेपाल काँग्रेस वडा समिति १५ का सभापति शुषिलराज पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...