रामचन्द्र पौडेललाई ताकेर प्रेसरकुकर बम प्रहार

पोखरा, २ मंसिर/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी शनिबार तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।

नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रहार भएको हो । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बम प्रहारबाट गाडीको सिसा फुटेको छ भने पौडेल सुरक्षित छन् ।

कमेन्टहरु
Loading...