फुस्रेखोलादेखि नुवाकोट देउरालीसम्म पक्कि सडक बन्दै

पोखरा, ८ असार /पोखरा महानगरपालिका वडा नं. २१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्कि सडक निर्माण कार्य शुरु भएको छ । सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमिमा दोहोरो नाला सहितको १७ किलोमिटर लम्वाई र नौ मिटर चौडाईको सो बाटो नेपाल सरकारको ३२ करोडको लागतमा निर्माण गरिने भएको हो ।

तीन बर्षे अवधिमा निर्माण सम्पन्न गरिने लक्ष रहेको सो बाटोको हालसम्म फराकिलो बनाउने, ग्याविन भर्ने , पानी कटाउनको लागि हेमपाईप विछ्याउने, नाला निर्माण कार्य भई रहेको फुस्रेखोला, रामदी मट्टीखान देउराली बाटो उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर थापाले जानकारी दिनुभयो ।

२०५७ सालमा ट्रयाकखोलीएको उक्त हुलाकीमार्ग स्थानीय तह र जनश्रमदान परिचालन गरि २०६५ सालमा स्तरोन्नती गरिएको जानकारी दिदै उहाँले बजेट समयमा निकासी हुन नसक्दा काममा ढिलाई भएको दुखेसो पोख्नु भयो ।

उहाँका अनुसार सिद्धार्थराजमार्गको विकल्पकोरुपा लिइएको सो बाटो स्याङजा जिल्लाको फेदीखोला गाउँपालिका हुँदै गुडिखोला राङकोसमा राजमार्गसंग जोडिनेछ ।

कमेन्टहरु
Loading...