गायक परियार प्रबल जनश्री चौथोबाट विभुषित

पोखरा, २८ भाद्र/चर्चित लोकदोहोरी गायक राजु परियार प्रबल जनश्री सेवा चौथो पदबी विभुषणबाट विभुषित हुनु भएको छ ।raju pariyar

राष्ट्रपती डा.रामवरण यादवले उहाँलाई सो विभुषणबाट विभुषित गर्नु भएको गायक एवं संगीतकार जयकुमार परियारले जानकारी दिनु भयो ।लोकतन्त्र दिवसमा घोषणा गरिएको पदवी राष्ट्रपति यादबले केही दिन अघि विभुषण गर्नु भएको हो ।

देशका विभिन्न क्षेत्रमा योगदान पुयाउने ब्यक्तिहरुलाई सो विभुषण् प्रदान गर्ने गरिन्छ । चलचित्र क्षेत्रबाट महानायक राजेश हमाल र लोकदोहोरीाके क्षेत्रबाट गायक परियारलाई बिभुषित गरिएकोह हो ।

कमेन्टहरु
Loading...