पर्वतका एक युवाले बनाए डोन र गुड्ने तथा उड्ने कार

सागर राज तिमिल्सिना
पोखरा, १९ असार /पर्वत घर भई हाल पोखरा बस्दै आएका एक युवाले सामान्य सामग्रीको प्रयोग गरेर अत्याधुनीक विज्ञानका सामग्रीहरु निमार्ण गरेका छन् । आइतबार पोखरामा प्रर्दशन गरेका उनका सामग्री देखेर हेर्नेहरु छक्कै परे । उनले सामान्य देखी विशिष्ट आविश्कारले हेर्नहरुलाई उनका सामग्रीको प्रशंसा गरे ।

पर्वतको दुर्गम गाउँ भोक्सिङ–५ का राजन गुरुङले निमार्ण गरेका सामग्रीले सबैलाई झस्काएको थियो । उनले हातको सेन्सरको आदेशले तोप, डोन, गुड्ने र उड्ने कार, बड्डे क्यान्डील, मार्वल प्ले डिभाइज, धनुसबाण, मोवाइल सेल्फी, म्युजिक प्ले गर्न सक्ने वैज्ञानीक सामग्री बनाएका हुन् । बासँ, फलाम, पुराना रेडियो, टेलिभिजन तथा लाईटका सामग्रीहरु प्रयोग गरेर यस्ता उपकरणहरु तयार गरेका हुन् ।

पर्वतका एक युवाले बताए डोन र गुड्ने तथा उड्ने कार
पर्वतका एक युवाले बताए डोन र गुड्ने तथा उड्ने कार

उनले हातको सेन्सरले डोनलाई उडाएर देखाए भने तोपलाई पनि पड्काए । रिमोट सेन्स बक्स, फिक्योन्सी सेन्सबाट शरिरको सेन्सर गए पछि काम गरेको राजनले बताए । गुरुङको प्राविधिक शिक्षा पढ्न धोको भएको बताए । म प्राविधिक विषय पढेर यो ज्ञानलाई अगाडी बढाउने सोच बनाएको छु उनले भने े तर घरको आर्थिक अवस्था नभएकाले पढाई अगाडी बढाउने समस्या भएको छ ।

२ वर्ष पहिले विद्यालयले विज्ञान विषयको प्रयोगात्मक परिक्षाका लागि केही सामग्री तयार गर्न दिएका राजनलाई एकाएक विभिन्न नयाँ नयाँ उपकरण तयार गरेपछि शिक्षकहरु समेत अचम्मित बनेका थिए । १९ वर्षका गुरुङले डोजर, क्रेन, हाईड्रोलिक मेशिन, विद्युत घण्टी, बिना ईन्धन मोटरबाट चल्ने बत्ती, पानी जहाज, टेवल फेन तथा विभिन्न रोबोट लगायतका सामानहरु तयार पारेको महेन्द्रोदय उच्च माविका शिक्षक शिव सुबेदीले जानकारी दिए ।

पर्वतका एक युवाले बताए डोन र गुड्ने तथा उड्ने कार
पर्वतका एक युवाले बताए डोन र गुड्ने तथा उड्ने कार

घरायसी आर्थिक अभावका कारण राम्रो पढाई नहुँदा एसएलसीमा राम्रो अंक ल्याउन नसेका राजनको पोखरा अहिले सेकुरीटि गार्डको काम गर्दै आएका छन् । राती गार्ड बस्ने अनि दिऊसो सामग्री बनाउने गरेको बताए । अहिले पछिल्लो समयमा बनाएका सबै सामग्री तिन महिना लगाएर बनाएको बताए । गार्ड बस्दा पाएको पैसा सबै यसैमा लगानी गरेको छु उनले भने ।
ईञ्जिनियरिङ्ग विषय पढ्ने उनको इच्छा आर्थिक अभावमा अल्झीएको छ । राजनका बाबु किसान गाउँमै काठको काम गर्दै आएका छन् भने आमा विरामी छन् । गुरुङले सेन्सरबाट सञ्चालन हुने फाइटर विमान बनाउने उद्देश्य रहेको बताए । उनले सरकारले सहयोग गरेमा देशलाई आवश्यक पर्ने जस्तो सुकै सामग्री पनि आविश्कार गर्ने बताए ।

कमेन्टहरु
Loading...