निर्वाचनमैत्री वातावरण तयार : रेग्मी

काठमाडौं ५ असार (ओएनएस) : मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारको एकमात्र लक्ष्य निर्वाचनलाई सफल बनाउनु हो भन्दै निर्वाचन मितिको घोषणासँगै निर्वाचनमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।

नेपाल स्काउटको हीरक महोत्सव तथा ६१ औँ स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा स्काउटका संरक्षकसमेत रहेका अध्यक्ष रेग्मीले निर्वाचन सरकारको एकमात्र लक्ष्य भएको बताए । “यी सबै सकारात्मक गतिविधिसँगै देशमा उत्साह र उमङ्ग छाउनुका साथै निर्वाचनमैत्री वातावरण तयार भएको मेरो विश्वास छ” अध्यक्ष रेग्मीले भने ।
सेवा सद्भाव, शान्ति र एकताको लक्ष्य बोकेको नेपाल स्काउटको शिक्षा एवम् सिद्धान्तका माध्यमबाट असल चरित्र भएको नागरिक तयार गर्न सहयोग पुगेको उनको भनाई थियो । युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले स्काउट शिक्षाले मानिसलाई अनुशासन, अध्ययन र समाज रुपान्तरणका लागि मार्गनिर्देशन गर्नसक्ने बताए । नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले नेपाल स्काउट देशका ६४ जिल्लामा विस्तार भएर ५० हजार सदस्य पुगेको बताउँदै आगामी दुई वर्षभित्र ७५ वटै जिल्लामा यसको विस्तार गरिने लक्ष्य रहेको बताए ।
कमेन्टहरु
Loading...