शनिबार त्रिशुलीमा ‘र्‍याफि्टङ फेस्टिबल’, दूई हजार रुपैयाँमै र्‍याफि्टङको मज्जा लिन सकिने

नविन अर्याल

९ जेठ, काठमाडौं । के तपाई देख्दै आङ सिरिङ्ग गर्ने नदीहरुमा र्‍याफि्टङको मज्जा लिनुभएको छ ? यदि लिनुभएको छैन भने तपाइलाई अवसर जुरेको छ । आगामी शनिबार त्रिशुली नदीमा र्‍याफि्टङ महोत्सव हुँदैछ । नेपाल र्‍याफि्टङ एजेन्ट्स एशोसियसन अफ नेपाल (नारा) ले आयोजना गरेको र्‍याफि्टङ महोत्सवमा तपाईले २ हजार ५० रुपैयाँमै र्‍याफि्टङको मज्जा लिन सक्नुहुनेछ ।

नेपालमा साहासीक पर्यटनको विकास गर्न नाराले विभिन्न नदीहरुमा जलयात्रा (र्‍याफि्टङ) महोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष नाराले र्‍याफि्टङ महोत्सव आयोजनाको २५औं वर्षगाँठ पुगेको अवसरमा सिल्भर जुब्ली र्‍याफि्टङ फेस्टिबल मनाउँदै छ ।

नाराले २ हजार ५० रुपैयाँमा त्रिशुली नदीमा ३ घण्टा र्‍याफि्टङ्गको मज्जा लिन सकिने जनाएको छ । साथै, सोही शुल्कमा नेपाली परिकारको खाना खुवाउनुका साथै दुईतर्फी यातायातको समेत सुविधा उपलब्ध गराउने नाराको भनाई छ । र्‍याफि्टङ्ग महोत्सवमा १४ देखि ७० वर्षसम्मका पुरुष तथा महिलाहरु सहभागी हुन सक्नेछन् । महोत्सवमा ७ सय जनाको सहभागिता रहने बताइएको छ । र्‍याफि्टङ त्रिशुली नदीको बेल्खु पुलदेखि मलेखुसम्म गर्न सकिनेछ । शनिबार बिहान साढे ६ बजे काठमाडौंको सोह्र खुट्टे नयाँ बजारबाट र्‍याफि्टङका लागि बस छुट्ने नाराले जनाएको छ ।

03

र्‍याफि्टङ्ग महोत्सवमार्फत आन्तरिक पर्यटनको विकास, विस्तार र प्रर्वद्धन गर्ने, साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण तथा प्रर्वद्धन गर्ने र पर्यटन उद्योगको लागि नदीहरुको संरक्षण र प्रर्वद्धन गर्ने लक्ष्य आयोजकले लिएको छ । जलसम्पदामा आधारित साहसीक जलयात्रा नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण विद्याको रुपमा सुपरिचित छ ।

उच्च हिमश्रृङखलाबाट अविच्छिन्न रुपमा तिब्र गतिमा बग्ने नेपालका कणार्ली, कालिगण्डकी, त्रिशुली, भोटेकोशी, सुनकोशी लगाएतका नदीहरु साहसीक जलयात्राका लागी विश्व प्रसिद्ध रहेका छन् । नेपाल जलयात्रा पर्यटनका लागि विश्वकै सबैभन्दा उत्कृष्ट देश मानिन्छ । यहाँ जलयात्रा पर्यटनको विकास गर्न सकिएमा मुलुकको अर्थतन्त्रमा सुधार आउन सक्ने र्‍याफि्टङ व्यवसायीहरु बताउँछन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73841/#sthash.h0dXAWXz.dpuf

कमेन्टहरु
Loading...