रवि लामिछानेको पछाडी मानिसहरु किन लागेका छन् ?

डिल्लीराम लामिछाने
डिल्लीराम लामिछाने

डिल्लीराम लामिछाने

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा पाँच लाख धरौटी राखेर चितवन जिल्ला अदालतबाट छुटेका रबि लामिछाने अहिले हट केक बनी रहेका छन।उनैको बरेमा केही लेख्न मन लाग्यो। उनको पछाडी यति धेरै मानिसहरू किन लागिरहेका छन् त ? यी कारण हुन सक्छन् –

१) कहाँबाट कहाँ पुगे रवि लामिछाने ? यो सब उनका समर्थकको भन्दा पनि उनले उठाएका मुद्दाकै देन हो, भ्रष्टाचार बिरोधि मुद्दा ।
कामना एउटै रह्यो – रविले यसलाई टिकाइ राखुन् । मतलब ऊनले आफू गल्ती नगरून् । बाँकी – ऊनी विरूद्द गरिएको षड्यन्त्र विरूद्द लड्न जनता खडा छन् । ऊनी भनेको जनताको चाहना हुन्, जनता ऊनलाई चाहन्छन् । मतलब सरकारले बुझोस् कि सरकारले नदेखेका तर रविले उठाएका मुद्दाहरू देशमा खिल पल्टेर बसेका छन् ।

रवि जिन्दाबाद भनेको एउटा लामिछाने केटोको जिन्दाबाद हुँदै होइन । त्यस्ता लामिछाने भाइहरू गाऊँभरी छन् । सहरभरी छन् । बुझ्नुपर्ने कुरा के छ भने – चियावाल, रिक्सावाल, दाउरे पनि सत्तामा पुगेका इतिहास यो मानव विश्वमा छन् नै । समयले कस्लाई स्टाइगर बनाऊँछ, त्यो स्टाइगर हुनेलाई समेत पत्तो हुँदैन । यो यथार्थ भुल्न हुँदैन । अहिले यो स्टाइगर रबि लामिछाने बनेका छन।

२) रबिको पछाडी मान्छे लाग्नुमा दोस्रो कारण उनी राज्यको चौथो अंगमा पकड जमाएर बसेकाले न्युज कभरिङ पनि हो। जनताहरू डिजिटल चेतमा गइसकेका छन् । रबिले आफुलाइ समय अनुसार अपडेट गरेका छन् । भाइरसले भाइरसकै तहमा र एन्टि भाइरसले एन्टि भाइरसकै तहमा आफूलाई अपडेट गर्नुलाई भने अस्तित्व र प्रतिरक्षालागि भएको युद्दको रूपमा बुझ्न सकिन्छ । यो राम्रो नराम्रो, ठीक वेठीक भन्दा पनि एक खेल हुन जान्छ ।

३) तेस्रो कारण – रबिको पछाडी यति धेरै मानिस लाग्नुमा राजनितिक छिर्केदाउ पनि हो। राजनितिक वा सरकार बिरोधिहरुलाइ यस्ता मुद्दा मसलाको रूपमा प्रयोग हुन्छन् । अहिले रबिलाइ तेहि मसलाको रुपमा प्रयोग गर्न खोजिदै छ।यसको अर्थ- रबि लामिछाने थप सतर्क हुन जरुरी छ। उनले उठाऊँदै आएको आवाजविहीनहरूको आवाज अझ बुलन्द होस् । अपराधीहरूका कान फाटुन्जेल बोल्न सकुन् रवि । सीमान्तकृतहरूका आवाजहरू केन्द्रसम्म सुनिऊन् । अन्याय, अत्याचार, भ्रष्टचार, वेथितिका विरूद्द ऊनी निरन्तर प्रतिपक्षमा उभिन सफल हुन् । कसैलाई रवि चाहिएको छ छैन त्यो व्यक्तिगत कुरा होला, तर देशलाई रवि जरूर चाहिएको छ ।

४) चौथो कारण सरकार बिरोधी मानसिकता ।
आम मानिसहरुको मनोबिग्यान मुलत सरकार बिरोधी मानसिकता को हुन्छ। कतै सरकारले रबिलाइ फसाउन खोज्यो कि भन्ने डरले पनि जनता सडकमा आएका हुन सक्छन।
सरकार पनि सही र सत्यकै बाटोमा हिंडोस् । जनताहरू पनि सत्यकै बाटोमा हिंडून् । सत्य कहिल्यै नडग्मगाओस् । सत्य जेल, नेल र यातनाका बीच पनि खडाखडा हिंडोस् । मर्दा पनि सत्य भागेर नमरोस् । आफै आत्महत्या गरेर झुन्डेर नमरोस् । मर्नै परे पनि सत्य डटेर मरोस् ।
सत्यको जहिल्यै जित होस् ।
रविकै शब्दमा – “सत्यको जहिल्यै जीत हुन्छ । हुन्छ नै । यदि त्यसो भएन भने त्यो सत्य होइन “।

५) रबिको पछाडि यतिधेरै लाग्नुमा उसको प्रस्नालिटी पनि हो। उ यति राम्रो छकी उसलाई देखेपछि सबै आकर्सित हुन्छन् । खासगरी युवायुवतीहरु फिदा नै हुन्छन र रबिलाइ रोलमोडेल ठान्छन् ।

६) अन्तमा- रविले याद गर्नु पर्ने एउटा कुरा – सत्य जस्तै हो चेतना पनि । जब चेतनाले धोका खान्छ – यी जिन्दाबादका नारा छिनमै मूर्दाबाद हुन सक्छन् । तिम्रा सत्रुहरू त्यसैको प्रतिक्षामा होलान् । ख्याल गर्नु । भोलिको कुरा तिम्रो भोलि मै मूल्याँकन हुनेछन् । तर आजका तिम्रा सत्रु भनेका देशका पनि सत्रु हुन् । त्यो तिम्रो कार्य र तिमीप्रतिको लखेटाईले प्रमाणित गरेको कुरा हो । चिन्ता तिम्रो भएर ख्याल गर्नु भनेको होइन । चिन्ता देशको भएर हो ।

तिमी हामी त फगत समयको कालखन्डमा जन्मिएका पात्र न हौ । नत्र यसै रविलामिछाने भन्ने व्यक्तिलाई कस्ले किन ख्याल गर्नु भन्छ ? को आऊँछ तातो घाममा उसको जिन्दाबादको नारा लिएर ? कस्ले थाप्छ उसको लागि पुलिसको डन्डा टाउकोमा ? को उभिन्छ आन्दोलनको अग्रपंक्तिमा मृत्युसँग आँखा जुधाएर ? को रून्छ तिम्रो दुखमा आफ्नै छोरो थुनिएझैं गरेर ? आफ्नै दाजु पक्रिए झैं गरेर ? याद गर्नु । तिमीले यी सब अमूल्य कुराहरूको एक/एक ख्याल गर्नु।

कमेन्टहरु
Loading...