Ganthan News Pokhara
All news from Pokhara & around

रवि लामिछाने र निकिता पौडेलले विवाह गरे

0

काठमाडौं, ७ माघ /सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले सोमाबार अदालती विवाह गरेका छन् । काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । रविले ’व्यक्तिगत जीवनले नयाँ मोड लिएको’ भन्दै ’एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरे ।

यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका छन् । ’’यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो र्पयो’, उनले फेसबुकमा भनेका छन् ।

उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन् । ’यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ। र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।’ 

रवि र निकिता दुबै डिभोर्सी हुन् । रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए । निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो ।

अरु सम्बन्धित खबरहरु

कमेन्ट गर्नुहोस्