राष्ट्रपति पनि प्रतिगमतिर उन्मुख हुँदैछनः अध्यक्ष लेखी

काठमाडौं ३० मंसिर । नेपाल आदिवासी जनजाति महासँघका अध्यक्ष राजकुमार लेखिले राष्ट्रपति डा. रामवरण यादव पनि प्रतिगमनकारीतिर उन्मुख हुन थालेको आरोप लगाएका छन् ।
प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष लेखीले आफूहरुले पहिला देखिनै प्रधानमन्त्रीले राष्ट्रलाई बन्धक बनाउँदै छन् भनेर भन्दै आएको अहिले आएर राष्ट्रपति पनि प्रतिगमनतिर उन्मुख भएर मुलुकलाई बन्धक बनाउँन लागेको आरोप लगाए ।
शनिबार रिपोर्र्टर्स क्लब नेपालमा आयोजित साधारण सभालाई सम्बोधन गर्दै लेखीले भने– राष्ट्रपतिसँग आम नेपालीहरुले ठूलो आशा गरेका थिए तर आज राष्ट्रपतिको कदम संविधानसभाको म्याद थपे जस्तै सरकार बनाउनका लागि म्याद थप्दै जाने र आप्mनो कुर्सिको आयु पनि ४–५ वर्ष लम्ब्याउँदै जाने प्रतिगमनकारी खेलमा लागेको छ ।
उनले प्रधानमन्त्री भट्टराईले भने जस्तो बैशाखमा चुनाव हुनै नसक्ने भन्दै दलहरुबीच सहमति नहुने दावी गरे । उनले भने– प्रधानमन्त्री पनि चुनावको पक्षमा छैन्, राष्ट्रपति चुनाव पनि चुनावको पक्षमा छैनन् यि सबै प्रतिगमनकारीहरुप्रति  सबै नेपाली मिलेर सही निर्णय गर्ने बेला आएको छ ।
इतिहास विद् प्रा. दिनेशराज पन्तले प्रथम सहिद लखन थापामगर राणा शासनको समयमा पनि विद्रोह गर्ने आँटिला व्यक्ति अहिले जन्मन नसकेको बताए ।
उनले भने– हामी जंगबहादुरको विरोध गर्छौ तर तिनै जंगबहादुर नभएको भए हामी भारतको कुन कुनामा बसेर कानेखुसि गर्दै बसेका हुने थियौं सोच्दैछौ ।
प्राध्यापक श्रीरामप्रसाद उपाध्यायले सबै नेपालीहरुले सहिद लखन थापालाई प्रथम सहिदको सूचिमा नाम लेखाउन पहल गर्नुपर्ने बताए ।
साधारण सभामा सीमा विद चेतेन्द्रजंग हिमाली, प्रतिष्ठानका सल्लाहकार यामबहादुर बुढाथोकीले सहिद लखन थापाप्रति आप्mनो धारणा व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...